आइतबार, जेठ २४, २०८३

देउता चढेको भनेर जथाभावी खुकुरी चलाउँदा एक जनाको मृत्यु

 |  शनिबार, असोज ६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असोज ६, २०८०

दाङमा खुकुरी प्रहारबाट तुलसीपुर उपमहानगरपालिका-११ बेलटाकुराकी ४३ वर्षीया रीता लामिछानेको मृत्यु भएको छ। शनिबार दिउँसो छिमेकी ४२ वर्षीय टेकबहादुर हमालले खुकुरी प्रहार गर्दा रीताको ज्यान गएको हो।

National life

हमालले प्रहार गरेको खुकुरीको चोटले अरु दुई जना गम्भीर घाइते भएका छन्। घाइते हुनेमा ६५ वर्षीया कमलाकुमारी हमाल र उनका छोरा ४५ वर्षीय वीरबहादुर हमाल रहेका छन्।

घाइते कमलाकुमारीको टाउकोमा गहिरो चोट लागेको छ। उनलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर लगिएको छ भने अर्का घाइते वीरबहादुरको हातमा चोट लागेको छ। उनको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

खुकुरी प्रहार गर्ने टेकबहादुरलाई प्रहरीले पक्राउ गरेको छ। हमाल दिउँसो घरबाट खुकुरी लिएर निस्किएका थिए र बाटोमा जसलाई भेट्यो उसैमाथि अन्धाधुन्ध प्रहार गरेका थिए।

टेकबहादुरले आफूलाई देउता चढेको भन्दै स्थानीयमाथि खुकुरी प्रहार गरेका थिए। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार टेकबहादुरको मानसिक स्वास्थ्य जाँच भइरहेको छ। उनी केही महिनाअघि भारतबाट फर्केका थिए। 

Shivam cement

प्रकाशित: Sep 23, 2023| 20:23 शनिबार, असोज ६, २०८०
प्रतिक्रिया दिनुहोस्