बिहीबार, असोज १, २०८३

'स्वर्ण युग आयो भनेर सरकार आफैं सुन तस्करी गरिरहेको छ'

 |  शनिबार, असोज ६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असोज ६, २०८०

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार आफैंले सुन तस्करी गरिरहेको आरोप लगाएका छन्।

स्वर्ण युगको झल्को दिने गरी सरकार आफैं सुन तस्करीमा संलग्न रहेको ओलीको टिपप्णी थियो। शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले सुन तस्करीको धन्दा चलाउनेहरु आफैंले स्वर्ण युग आयो भनेर भनिरहेको भन्दै सरकारप्रति कटाक्ष गरे।

चिल आयो, चिल आयो भनेर देखाउने अनि कुखुरा आफू बोकेर कुद्ने शैली सरकारले अपनाएको ओलीले बताए। देशको अवस्था नाजुक भएको उल्लेख गर्दै ओलीदे यस्तो अवस्थामा परिवर्तन ल्याउनैपर्ने बताए।

उनले भने, 'सुन त यहाँ ब्रेक शुमा सुनैसुन, भेपमा सुनैसुन, सिग्रेट खान खोज्यो सुनैसुन, पानी चलाउने मोटर ल्यायो, सुनैसुन। जे छोयो, त्यो सुनैसुन। स्वर्ण युग आयो भन्दैछ सरकार। यति सुन आएको छ, फेरि स्वर्ण युग नआए कहिले आउँछ त? स्वर्ण युग नै आएको छ।’

प्रकाशित: Sep 23, 2023| 19:11 शनिबार, असोज ६, २०८०
प्रतिक्रिया दिनुहोस्