आइतबार, जेठ २४, २०८३

क्यानको सचिवमा पारस खड्का निर्वाचित

 |  शनिबार, असोज ६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असोज ६, २०८०
National life
Shivam cement

नेपाल क्रिकेट संघ (क्यान)को सचिवमा पारस खड्का निर्वाचित भएका छन्। शनिबार भएको मतदानमा निवर्तमान कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ललाई पराजित गर्दै पारस निर्वाचित भएका हुन्।

क्यानको निर्वाचनमा भएको मतदानमा कुल ८५ मत खसेको थियो। जसमध्ये खड्काले ४८ मत ल्याएर विजयी भएका हुन् भने उनका प्रतिस्पर्धी प्रशान्तविक्रम मल्लले ३७ मत पाएका छन्। खड्का ११ मतान्तरले विजयी भएका हुन्।

राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस क्यानको बागमती प्रदेश क्रिकेट संघका पनि अध्यक्ष हुन्।

प्रकाशित: Sep 23, 2023| 17:19 शनिबार, असोज ६, २०८०
प्रतिक्रिया दिनुहोस्