आइतबार, वैशाख २८, २०८२

फरक-फरक स्थानमा ६ जना मृत फेला

 |  शनिबार, असोज ६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, असोज ६, २०८०

vianetvianet

काभ्रे, बनेपा नगरपालिका-८ स्थित स्वास्थ चौकी भवन नजिकै सोही नगरपालिका- ५ बस्ने २५ वर्षीय आशिष भन्ने एक बहादुर सार्की शुक्रबार मृत अवस्थामा फेला परेका छन्।

triton college

ताप्लेजुङ, आठराई त्रिबेणी गाउँपालिका-१ निगुरादिन बस्ने ५८ वर्षीय भीम बहादुर सार्की सोही ठाउँस्थित जंगलमा शनिबार मृत अवस्थामा फेला परेका छन्।

सिन्धुपाल्चोक, ईन्द्रवती गाउँपालिका-१० होस्टेस्थित मध्य पहाडी लोकमार्ग निर्माणको गोल्डेन बुट शेर्पा कन्ट्रक्सन प्रालिमा स्टोर किपरको रूपमा काम गर्ने सोलुखुम्बु दुधगुण्डा नगरपालिका-४ फाप्लु बस्ने ४२ वर्षीय फुर्पा शेर्पा आफू सुत्ने कोठामा शनिबार मृत अवस्थामा फेला परेका छन्।

प्युठान, प्युठान नगरपालिका-८ खप्रेङखोला बस्ने ५८ वर्षीय टुकमान सार्की आफ्नै घर नजिक बारीको खोल्सामा शनिबार मृत अवस्थामा फेला परेका छन्।

प्युठान, सरूमारानी गाउँपालिका-४ कुडुलेस्थित माडी नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन्।

National life insurance

सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

 

प्रकाशित: Sep 23, 2023| 17:15 शनिबार, असोज ६, २०८०
प्रतिक्रिया दिनुहोस्