शुक्रबार, असार १३, २०८२

सवारी दुर्घटना र करेन्टले ६ जनाको ज्यान गयो

 |  शनिबार, असोज ६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, असोज ६, २०८०

vianetvianet

धनुषा, मिथिला बिहारी नगरपालिका-९ अन्दुपट्टीमा अन्दुपट्टीबाट जनकपुरतर्फ जाँदै गरेको ज.१ क ३०० नम्बरको गोदावरी ईङ्लिस बोर्डिङ स्कुलको बसबाट लडेर बसका सह-चालक जनकपुर उपमहानगरपालिका-१४ बस्ने १७ वर्षीय अमित कुमार यादवको शुक्रबार दिउँसो मृत्यु भएको छ। बसबाट लडेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो। हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ।

लमजुङ, बेशीशहर नगरपालिका-३ धुवाँखोलामा गाउँशहरबाट बेशीशहरतर्फ जाँदै गरेको ग.१ ज ७१०१ नम्बरको जिपको ढालाबाट लडेर बेशीशहर नगरपालिका-३ गाउँशहर बस्ने चित्र बहादुर बिकको छोरा ६ वर्षीय उज्वल बिकको शुक्रबार दिउँसो मृत्यु भएको छ। लडेर गम्भीर घाइते भएका उनको लमजुङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

नवलपरासी पश्चिम, सुस्ता गाउँपालिका-३ फेनहरामा युपि ५६ जे ८८४५ नम्बरको मोटरसाइकलको ठक्करबाट साईकलयात्री सोही ठाउँ बस्ने ६३ वर्षीय पारम यादवको शुक्रबार राति मृत्यु भएको छ। गम्भीर घाइते भएका उनको सहिद स्मृति सामुदायिक अस्पताल चौपत्तामा उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

करेन्ट लागेर मृत्यु
तनहुँ, ब्यास नगरपालिका-११ मुलपानी बस्ने ५२ वर्षीय वीर बहादुर तामाङको करेन्ट लागेर शुक्रबार दिउँसो मृत्यु भएको छ। आफ्नै घरको विजुलीको तार मिलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको हो।

सिन्धुपाल्चोक, बलेफी गाउँपालिका-५ बलेफी बजार बस्ने २२ वर्षीय उमेश श्रेष्ठको करेन्ट लागेर शुक्रबार बेलुकी मृत्यु भएको छ। फलामको टेबुल उचाल्ने क्रममा टेबलले मिटरबक्सको तार छुन गई करेन्ट लागेर गम्भीर घाइते भएका उनको खाडिचौर सदाबहार अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

सिरहा, नवराजपुर गाउँपालिका-४ बस्ने ३६ वर्षीय हरेराम मण्डलको करेन्ट लागेर शुक्रबार राति मृत्यु भएको छ। सोही ठाउँस्थित आफ्नै धान खेतमा मोटरबाट पानी लगाउने क्रममा तार सर्ट भई करेन्ट लाग्दा उनको मृत्यु भएको हो। सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

 

प्रकाशित: Sep 23, 2023| 17:05 शनिबार, असोज ६, २०८०
प्रतिक्रिया दिनुहोस्