आइतबार, जेठ २४, २०८३

बाख्रा चराउन जाँदा भीरबाट लडेर मृत्यु

बाखा चराउन जंगल गएका सिंह घर नर्फिएपछि आफन्तले शुक्रबार खोजतलास गर्ने क्रममा बिहान ११ बजे मृत्यु भएको अवस्थामा फेला पारेका थिए।
 |  शनिबार, असोज ६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असोज ६, २०८०
National life
Shivam cement

काठमाडौं– जाजरकोटको बारेकोट गाउँपालिका–८ पटांग्रीका ४८ वर्षीय राजेन्द्र सिंहको बाख्रा चराउन जाँदा भीरबाट लडेर मृत्यु भएको छ।

बिहीबार दिउँसो बाख्रा गोठालो गएका सिंहको भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको बारेकोट गाउँपालिका–८ का वडाध्यक्ष योगेन्द्रबहादुर सिंहले बताए।

बाखा चराउन जंगल गएका सिंह घर नर्फिएपछि आफन्तले शुक्रबार खोजतलास गर्ने क्रममा बिहान ११ बजे भीरबाट लडेर मृत्यु भएको अवस्थामा फेला पारेका थिए। भौगोलिक विकटता र भिरालो जमिनका कारण जाजरकोटमा भीरबाट लडेर मृत्यु हुने सर्वसाधारणको संख्या उल्लेख्य छ।

प्रकाशित: Sep 23, 2023| 15:29 शनिबार, असोज ६, २०८०
प्रतिक्रिया दिनुहोस्