शनिबार, साउन १२, २०८१

पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाउने समय थपियो

तिज, संविधान दिवस र शैक्षिक हड्तालले खोप लगाउने कार्य प्रभावित भएपछि थपियो समय।
 |  शनिबार, असोज ६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असोज ६, २०८०

काठमाडौं– किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपिभी’ अभियानको समय थप गरिएको छ। ५ असोजसम्म सञ्चालन गर्ने भनिएको खोप अभियान पाँच दिन थप गरी १० असोजसम्म सञ्चालन हुने भएको हो। 

triton college

स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले शैक्षिक हड्ताल, संविधान दिवसलगायत कारणले लगातार बिदा परेकाले खोप लगाउने समय थप गरिएको जानकारी दिए। उनका अनुसार यसअघि पनि बिदा परेकाले विद्यार्थी खोप लगाउन नआएपछि पाँच दिन थप गरिएको थियो। 

‘लगातारको सार्वजनिक बिदाले विद्यार्थी (किशोरी) खोप लगाउन आएनन्’, डा. गौतमले भने, ‘त्यही भएर लक्षित किशोरीलाई खोप लगाउन समय थप गरिएको हो।’
तिज, संविधान दिवस र शैक्षिक हडतालले खोप लगाउने कार्य प्रभावित भएको उनको भनाइ थियो।

डा. गौतमका अनुसार अहिलेसम्म ६४.४३ किशोरीले मात्र एचपिभी खोप लगाएका छन्। सरकारले पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको खोप ‘एचपिभी’ ९ हजार ९ सय ९९ किशोरीलाई लगाउने लक्ष्य राखेकामा अहिलेसम्म ६ हजार चार सय ४२ किशोरीले खोप लगाइसकेका उनले जानकारी दिए। 

कोशी प्रदेशका सबै किशोरीले खोप लगाइसकेका छन भने मधेस प्रदेशको वीरञ्गजस्थित नारायणी अस्पतालमा एक हजार दुई सय ७२, बागमती प्रदेशको परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा आठ सय २५, गण्डकी प्रदेशको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आठ सय ५९, लुम्बिनी प्रदेशको भेरी अस्पताल बाँकेमा चार सय ८९ जनाले लगाइसकेको गौतमले बताए।

Metro Mart
vianet

यस्तै, कर्णाली प्रदेशको प्रादेशिक अस्पताल सुर्खेत सात सय ८५ र सुदूरपश्चिम प्रदेशको डडेल्धुरा अस्पतालमामा एक सय ९३ जना किशोरीले एचपिभी खोप लगाइसकेको उनको भनाइ छ। सबभन्दा कम प्रसूति अस्पतालमा २७ प्रतिशत किशोरीले मात्र खोप लगाएका छन्। 

२७ भदौमा सात प्रदेशका सातवटै अस्पतालबाट १४ वर्ष उमेर पूरा भई १५ वर्ष नकटेका किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सरबाट बचाउनका लागि एचपिभी खोप ‘डेमोस्ट्रेसन’का रुपमा सञ्चालन गरिएको छ। खोपको पहिलो मात्रा अहिले दिइने र ६ महिनापछि दोस्रो मात्रा दिइनेछ। 

एचपिभी खोप दुई मात्रा लगाए पाठेघरको मुखमा हुने क्यान्सरको संक्रमणबाट ९५ प्रतिशत सुरक्षा प्रदान गर्ने डा. गौतमले बताए। यसअघि सरकारले सन् २०१६÷१७ मा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप नमूनाका रुपमा चितवन र कास्कीमा सञ्चालन गरेको थियो।

प्रकाशित: Sep 23, 2023| 15:05 शनिबार, असोज ६, २०८०
प्रतिक्रिया दिनुहोस्