सोमबार, मंसिर २५, २०८०

घर फर्कंदै शिक्षकहरू, छुटेको कक्षा बिदाका बेला पढाइने

सरकारसँग ६ बुँदे सम्झौता गरेर आन्दोलनका कार्यक्रम फिर्ता भएसँगै काठमाडौं बाहिरबाट आएका शिक्षक घर फर्कन थालेका हुन््।
 |  शनिबार, असोज ६, २०८०
averest bankaverest bank

नेपाल समय

नेपाल समय

शनिबार, असोज ६, २०८०

काठमाडौं– नेपाल शिक्षक महासंघले काठमाडौं केन्द्रित आन्दोलनका कारण छुटेको दुई दिनको पढाइका लागि अनुकूलताअनुसार सट्टा पठनपाठन गराउने जनाएको छ।

sagarmatha cement

आज महासंघका अध्यक्ष कमला तुलाधर र लक्ष्मीकिशोर सुवेदीले जारी गरेको विज्ञप्तिमा छुटेको कक्षा बिदाका समयमा सञ्चालन गर्न सामुदायिक विद्यालयका शिक्षकलाई आग्रह गरिएको छ।

सरकारसँग शुक्रबार भएको ६ बुँदे सहमति महत्त्वपूर्ण भएकाले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको जनाउँदै महासंघले आन्दोलनमा सहभागी सम्पूर्ण शिक्षक तथा कर्मचारीमा धन्यवाद दिएको छ। आन्दोलनका कार्यक्रम फिर्ता भएसँगै काठमाडौँ बाहिरबाट आएका शिक्षक घर फर्कन थालेका हुन्।

विद्यालय शिक्षासम्बन्धी संसद्मा दर्ता भएको विधेयकमा असन्तुष्टि जनाउँदै महासंघले ३, ४ र ५ असोजमा काठमाडौंमा आन्दोलन गरेको थियो। ३ असोजमा सार्वजनिक बिदा परेकाले दुई दिनको पढाइ अवरुद्ध भएको थियो।

प्रकाशित: Sep 23, 2023| 14:37 शनिबार, असोज ६, २०८०
kumari bankkumari bank
Everest bankEverest bank
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्