मुगु– मुगु सदरमुकाम गमगढी बजारमा गए राती आगलागी भएको छ। गमगढी बजारस्थित कालिका मालिका मन्दिरदेखि उत्तरतिर रहेको बजारमा आगलागी हुँदा आठ घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताएका हुन्।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीबल, नगर प्रहरी र स्थानीयले आगलागी नियन्त्रणमा लिएको उनको भनाइ छ। उनका अनुसार गए राती काठले बनेको एकघरबाट आगो सल्किएको थियो।
आगलागीबाट तार्के लामा, सोनाम लामा, जङ ऐडी, सान्तोना खत्री, पञ्च सेजुवाल, पीआर मल्ल, प्रदीप रावल र पुतली शाहीको घर जलेर नष्ट भएको प्रनाउ थापाले जानकारी दिए।
गमगढी बजारमा वितरण गरेको खानेपानी पाइप लाइनबाट सुरक्षाकर्मीले आगलागी नियन्त्रणमा लिएका थिए। २९ कात्तिक २०७८ मा गमगढी बजारको तल्लो बजारमा पनि आगलागी हँुदा १९ घर जलेर नष्ट भएका थिए।–रासस