आइतबार, जेठ २४, २०८३

नक्कली नोटको १५ लाखको बिटोसहित दुईजना पक्राउ

 |  शनिबार, असोज ६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असोज ६, २०८०

सुनसरीको इटहरी उपमहानगरपालिकाबाट १५ लाख रुपैयाँभन्दा बढीको नक्कली नेपाली नोटसहित पक्राउ परेका दुई जनालाई शुक्रबार सार्वजनिक गरिएको छ।

National life

पक्राउ पर्नेमा सङ्खुवासभा पाँचखपन नगरपालिका–५ का विवेक राई र सोही जिल्ला मकालु गाउँपालिका–६ का अजय राई छन्।

पक्राउ परेकाको साथबाट प्रहरीले एक हजार दरका १५ लाख ८७ हजार रुपैयाँ नक्कली नोटसहित तीन थान मोबाइल बरामद गरेको छ। उनीहरूले काठमाडौंबाट नक्कली नोट छपाइ गरी पूर्वी बजारमा ल्याएको प्रहरीको भनाइ छ। पक्राउ परेको नक्कली नोट जाँचका लागि फरेन्सिक ल्याबमा पठाइएको छ।

यसअघि पनि भारतीय सीमावर्ती क्षेत्रका जिल्ला झापा, मोरङ र सुनसरीका विभिन्न ठाउँमा पाँच सय र एक हजार रुपैयाँका नक्कली नोट फेला परेका थिए।

प्रकाशित: Sep 23, 2023| 06:03 शनिबार, असोज ६, २०८०
प्रतिक्रिया दिनुहोस्