शुक्रबार, असार १३, २०८२

पसल फोडेर सुनचाँदी चोरी गर्ने समातिए

 |  शनिबार, असोज ६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, असोज ६, २०८०

vianetvianet

तीन साताअघि धरानमा पसल फोडेर सुनचाँदी चोरी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नं. ३२ का ३२ वर्षे महमद बसिर मियाँ र भारत मोतिहारी घोडासैन घर भई हाल भरतपुर महानगरपालिका वडा नं. १२ का १९ वर्षे रितु साहलाई पक्राउ गरेको हो।

उनीहरूका साथबाट प्रहरीले झन्डै चार आनाको घाँटीमा लगाउने जन्तर जस्तो देखिने गहना एक थान, चाँदीको सिक्री एक तोलाको एक थान र पाँच तोला चाँदीको पाउजु बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी नवीनकृष्ण भण्डारीले इटहरीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।

भदौ १६ गते धरान वडा नं. ३ दोभान चोकस्थित विशाल लिम्बुको घरमा भाडा लिएर जोडन ज्वलेर्स सञ्चालन गर्ने सुनिल विश्वकर्माको पसल फोडेर सुनचाँदी चोरी भएको थियो। प्रहरीले सो घटनाको अनुसन्धान गर्न प्रहरी निरीक्षकको कमाण्डमा तीन जना प्रहरी परिचालन गरेको थियो। 
 

प्रकाशित: Sep 23, 2023| 06:02 शनिबार, असोज ६, २०८०
प्रतिक्रिया दिनुहोस्