आइतबार, जेठ २४, २०८३

विमानस्थल आसपास ड्रोन, चंगा र बेलुन उडाएमा कारबाही हुने

 |  शुक्रबार, असोज ५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ५, २०८०

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासको क्षेत्रमा ड्रोन, चंगा र बेलुन उडाएमा कारबाही हुने भएको छ।

National life

शुक्रबार विमानस्थलले एक सूचना जारी गर्दै यस्तो कार्य नगर्न समेत आग्रह गरेको छ। अटेरी गरे कानुनअनुसार कारबाही हुने विमानस्थलले जनाएको छ।

केही दिन पहिले एयर इन्डियाको जहाज काठमाडौं–दिल्ली उडानको लागि टेकअफ गर्दा ड्रोन देखिएको थियो। त्योभन्दा पहिला विमान ल्यान्ड गर्दा पनि कोटेश्वरबाट लेजर लाइटको बिम हानेको थियो। यस्ता घटना बारम्बार आउन थालेपछि विमानस्थलले यस्तो गतिविधिमा कडाइ गरेको हो।

विमानस्थलको करिब पाँच किलोमिटर भित्र र ग्राउन्डबाट हजार फिट ड्रोन, चङ्गा अथवा बेलुन उडाउँदा उडान सुरक्षामा चुनौती हुने भन्दै विमानस्थलले कडाइ गरेको हो।

यस्ता गतिविधिले पाइलटलाई अलमल्ल बनाउने र जहाजसँग ठोकिएर दुर्घटना हुने सम्भावना भएको भन्दै विमानस्थलले कडाइ गरेको हो।

Shivam cement

विमानस्थलको पाँच किलोमिटरभित्र ड्रोन उडान गरेमा ड्रोन कब्जा हुने प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए।
 

प्रकाशित: Sep 22, 2023| 19:30 शुक्रबार, असोज ५, २०८०
प्रतिक्रिया दिनुहोस्