बिहीबार, असोज १, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • सिंहदरबार अगाडि प्रदर्शन गर्ने अखिल क्रान्तिकारीका १७ जना प्रहरी नियन्त्रणमा

सिंहदरबार अगाडि प्रदर्शन गर्ने अखिल क्रान्तिकारीका १७ जना प्रहरी नियन्त्रणमा

 |  शुक्रबार, असोज ५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ५, २०८०

काठमाडौं- सिंहदरबार अगाडि प्रदर्शनमा उत्रिएका मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी नेकपा निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका १७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

विद्यालय शिक्षा विधेयकको विरोधमा आज दिउँसो सिंहदबार अगाडि प्रदर्शनमा उत्रिएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिए। 

उनका अनुसार पक्राउ पर्नेमा अखिल क्रान्तिकारीका संयोजक मिलन राईसहितका १७ जना रहेका र उनीहरुलाई अहिले सिंहदरबार वृत्तमा लगिएको छ।

प्रकाशित: Sep 22, 2023| 15:18 शुक्रबार, असोज ५, २०८०
प्रतिक्रिया दिनुहोस्