मंगलबार, फागुन २६, २०८२

काँचुली फेर्दै सरस्वती स्कुल, जसले बनायो राष्ट्रपतिदेखि प्राध्यापकसम्म

२०७९ असोज ६ गते पूर्वराष्ट्रपति डा. रामवरण यादवले विद्यालयको नयाँ भवनको शिलान्यास गरेका थिए।
 |  आइतबार, असोज ७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असोज ७, २०८०

काठमाडौं- लामो समयदखि जिर्ण अवस्थामा रहेको देश र मधेशकै जेठो विद्यालयमध्येको एक सरस्वती नमूना माध्यमिक विद्यालयको ७५ वर्षको आयुमा पुनर्निर्माण गरिँदैछ। २००४ सालमा जनकपुरमा स्थापना भएको उक्त विद्यालय कुनै समय शिक्षाको हबको रुपमा परिचित थियो।

National life

‘सरस्वती स्कुल’को नामले ख्यात यस विद्यालयले देशमा राष्ट्रपति, उपराष्ट्रति, चिकित्सक, अभियन्तादेखि अधिवक्ता र प्राध्यापक, व्यापारी, नेतालगायत देशका थुप्रै कर्णधार उत्पादन गरेको इतिहास छ। देशकै गन्यमान्य पदमा पुगेका थुप्रै व्यक्तित्वहरुको शिक्षाको पहिलो मञ्च रहेको सरस्वती विद्यालय जिर्ण भएर लामो समयदेखि कुरुप अवस्थामा थियो।

भौतिक रुपमा पूरै जिर्ण भइसकेको उक्त विद्यालयलाई शहरी विकास मन्त्रालय मधेश प्रदेशको पहलमा निर्माण गर्न लागिएको हो। मन्त्रालयका अनुसार १० करोडको लागतमा विद्यालय भवन निर्माण हुन लगेको हो।

२०७९ असोज ६ गते पूर्वराष्ट्रपति डा. रामवरण यादवले विद्यालयको नयाँ भवनको शिलान्यास गरेका थिए। सरस्वती विद्यालय जनकपुरको वडा नम्बर ९ मा पर्छ। त्यस वडाका अध्यक्ष प्रमेश्वर साहका अनुसार शहरी विकास मन्त्रालयले यसमा लगानी गरेको छ, जसको लागत इस्टिमेट १० करोडको रहेको छ।

निर्माण कार्य यतिबेला द्रुत गतिमा चलिरहेको बताउँदै भने, 'शिलान्यास हुँदा ठेकेदारले १५ महिनामा सकाउने भनेको थियो। यद्यपि काम अझै धेरै बाँकी नै छ। हाल विद्यालय परिसरमा पछि थपिएको कक्षाकोठामा पठनपाठन सञ्चालन भइरहेको छ भने जिर्ण भवनलाई पूरै भत्काएर बनाउन लागिएको हो।'

Laxmi sunrise bank
kumari

विद्यालयको पुनर्निनिर्माण गरिए पनि विद्यार्थीको संख्या बढाउन सकिएको छैन। यस विषयमा वडाअध्यक्ष प्रमेश्वर साह भन्छन्,'जनकपुरमै रहेको अर्को संकटमोचन विद्यालयको भौतिक पूर्वाधार मजबुत हुँदा त्यहाँ विद्याथीको चाप घटेको छैन तर जानकी र सरस्वती विद्यालयको भवनहरु लामो समयदेखि जिर्ण अवस्था रहेको हुँदा विद्यार्थी छैनन्। अभिभावकले पनि आफ्नो बच्चाको सुरक्षा हेरेर विद्यालय पठाउँछन्। हामीसँग अब उपयुक्त र सुविधासम्पन्न कक्षाकोठा र भौतिक  पूर्वाधार भएमा विद्यार्थीको चाप निश्चय बढ्ने छ। ९ नम्बर वडाको समाजले पनि विद्यालयमाथि ध्यान दिइरहेको छ भने पूरै जनकपुरबासीको लागि नै सरस्वती नमुना विद्यालय गौरवको विषय हो।

यहाँबाट पढेका विद्यार्थी राष्ट्रकै प्रमुख व्यक्तिको साथै देशविदेशमा समेत प्रख्यात भएका छन्। विद्यालयको पुनर्निर्माणमा सबैको चासो र निगरानी रहेको छ।’  जनकपुरस्थित अर्को पुरानो जानकी माध्यमिक विद्यालय जिर्णेद्वारको लागि समेत डिपिआर तयार गरेर विभिन्न मन्त्रालयमा पठाउने तयारीमा रहेको वडाअध्यक्ष साह बताउँछन्।

 

प्रकाशित: Sep 24, 2023| 07:32 आइतबार, असोज ७, २०८०
प्रतिक्रिया दिनुहोस्