बिहीबार, असोज २, २०८२

अश्लील भिडियोले निम्त्याएको आमाछोरीको हत्या

 |  शुक्रबार, असोज ५, २०८०
machha bankmachha bank

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ५, २०८०

vianetvianet

काठमाडौं- भदौ ३० गते सल्यानको त्रिवेणी गाउँपालिका-२ झालेढुंगामा २९ वर्षीया रेवती थापा र उनकी ९ महिनाकी छोरी ऋतु मृत भेटिएपछि प्रहरीले अनुसन्धान सुरु गर्‍यो। सुरुमा त ग्यास लिक भएर आगलागी भई उनीहरु जलेको आशंका गरिएको थियो तर अनुसन्धान गर्दै जाँदा उनीहरुको हत्या भएको खुलेको छ।

Kumaribank

जिल्ला प्रहरी कार्यालय सल्यानले रेवती र उनकी छोरीको हत्या आरोपमा एक जनालाई पक्राउ गरेर सार्वजनकि गरेको छ। पक्राउ पर्नेमा सल्यानकै सिद्ध कुमाख गाउँपालिका-२ खानीगाउँका २९ वर्षीय कर्णबहादुर बस्नेत छन्।

प्रहरीका अनुसार कर्णबहादुर मृतक रेवतीका पूर्वप्रेमी हुन्। फेसबुकबाट जोडिएका उनीहरुबीच प्रेम सम्बन्ध बनेको थियो। उनीहरुबीच चिनापरिचय हुँदा कर्ण विवाहित थिए भने रेवतीको बिहे भएको थिएन। दुईबीच फोन सम्पर्क, भेटघाट बाक्लिँदै गयो। त्यसक्रममा उनीहरुले अश्लील फोटो र भिडियोसमेत खिचेर राखेको प्रहरी अनुसन्धानमा खुलेको छ।

त्यहीबीच कर्णबहादुर रोजगारीका लागि दुबई गए। त्यसपछि रेवतीले त्रिवेणी गाउँपालिका-२ झालेढुंगाका सुकलाल थापासँग बिहे गरिन्। कर्णबहादुरले त्यो पचाएनन्। रेवतीको बिहेलाई कर्णले ठूलो धोका ठानेर इगोको रुपमा लिए।

युवतीको बिहे भएपछि पनि उनीहरुबीचको सम्पर्क भने टुटेन। रेवतीको बिहेको दुई वर्षपछि फोन र फेसबुकबाट कुराकानी हुन पुग्यो। त्यसक्रममा कर्णबहादुरले पहिले खिचेका अश्लील फोटो-भिडियो रेवतीलाई पठाए। अनि सुरु भयो मनमुटाव। मनमुटाव यति बढ्यो किन कर्णबहादुरले आमासहित नाबालिका शिशुको समेत हत्या गर्ने योजना बनाए।

Metro Mart

गत भदौ २७ गते कर्णबहादुर दुबईबाट घर आइपुगे। घर आएको दुई दिनभित्रै उनले रेवतीलाई मार्ने योजना बनाए। त्यसपछि उनी भदौ २९ गते राति रेवतीको घर पुगे। प्रहरीका अनुसार कर्णबहादुर र रेवतीको घर झण्डै २० किलोमिटर टाढा पर्छ।

रेवतीका श्रीमान् रोजगारीका लागि भारतमा छन्। घरमा आमा-छोरीमात्रै बस्थे। कर्णबहादुरकै बयानअनुसार राति करिब १० बजे उनी रेवतीको घरभित्र पसे र उनको घाँटी कपडाले कसेर लडाए। त्यसपछि पेट्रोल छर्केर आगो लगाए। रेवतीलाई लगाएको आगो सल्किएर ओछ्यानमा सुतिरहेकी ९ महिने छोरीको पनि जलेर ज्यान गएको प्रहरीको भनाइ छ।

रेवतीको हत्यापछि कर्णबहादुर नजिकैको एउटा घरमा बास बसी बिहानै घरतर्फ लागेका थिए। प्रहरीले सीआईबीको सहयोगमा अनुसन्धान गरेर कर्णबहादुरको संलग्नता पत्ता लगाएको हो। यसरी सात वर्षअघिको प्रेमको इगो साँध्न पागल प्रेमीले पूर्वप्रेमिका र उनकी छोरीको हत्या गरे।

प्रकाशित: Sep 22, 2023| 14:18 शुक्रबार, असोज ५, २०८०
प्रतिक्रिया दिनुहोस्