सोमबार, भदौ ३०, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • पशुपतिनाथ मन्दिरभित्रै आत्महत्या गर्ने कोषका सदस्यसचिव थापाको घोषणा

पशुपतिनाथ मन्दिरभित्रै आत्महत्या गर्ने कोषका सदस्यसचिव थापाको घोषणा

अख्तियारले पशुपतिनाथमा जलहरी राख्दा भ्रष्टाचार भएको दाबीसहित मुद्दा चलाउने निर्णय गरेपछि सदस्यसचिव थापाले मन्दिरभित्रै आत्महत्या गर्ने चेतावनी दिएका हुन्।
 |  शुक्रबार, असोज ५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ५, २०८०

vianetvianet

काठमाडौं– पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव मिलनकुमार थापाले जलहरी भ्रष्टाचार प्रकरणमा आफूविरुद्ध मुद्दा चलाइए पशुपतिनाथ मन्दिरभित्रै आत्महत्या गर्ने सार्वजनिक घोषणा गरेका छन्।

Kumaribank

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथमा जलहरी राख्दा भ्रष्टाचार भएको दाबीसहित मुद्दा चलाउने निर्णय गरेपछि सदस्यसचिव थापाले मन्दिरभित्रै आत्महत्या गर्ने चेतावनी दिएका हुन्।

अख्तियारले मुद्दा चलाउने निर्णय गरेसँगै उनकी श्रीमती सुमित्रा थापाले राष्ट्रिय मानव अधिकार आयोगमा श्रीमानको ज्यान जोखिममा परेको भन्दै बचाइदिन आग्रहसहितको निवेदन दिएकी छन्।

श्रीमती थापाले निवेदनमा भनेकी छन्, ‘मेरो परिवारको ज्यान सुरक्षा गरी मानव अधिकारको रक्षा गरी पाऊँ। श्रीमानले कुनै गल्ती नगरे पनि अख्तियारले मुद्दा चलाउने धम्की दिएर सामाजिक मर्यादामा आँच पुर्याउन खोजेको छ। श्रीमानले आत्महत्या गर्ने कुरा गर्न थालेकाले जिउज्यानको सुरक्षा मागेकी हुँ।’

सदस्यसचिव थापाले न्याय नपाए मन्दिर परिसरभित्रै आत्महत्या गर्ने लिखित घोषणै गरेका छन्। आत्महत्या गर्नुपर्ने अवस्था आए त्यसमा जिम्मेवारको नामावली पनि सार्वजनिक गर्ने उनले अग्रिम सूचना दिएका छन्।

Metro Mart

जलहरीमा अख्तियारले १० असार २०८० मा जोख्ने र सुनको शुद्धता परीक्षण गर्दा राष्ट्र बैंकबाट खरिद गरिएअनुसारको तौल र शुद्धता पुगेको तर हाल बयान लिँदाका प्रश्नमा सुन हराएकाले किन कारबाही नगर्ने भन्दै मानसिक रुपमा तनाव दिन थालेको सदस्यसचिव थापाको आरोप छ।

 

प्रकाशित: Sep 22, 2023| 13:18 शुक्रबार, असोज ५, २०८०
प्रतिक्रिया दिनुहोस्