आइतबार, जेठ २४, २०८३

अनलाइन गेम खेलाएर ११ लाख बढी ठगी गर्ने महिला पक्राउ

जीमेल, फीफा एपको लिंक पठाएर साथी बनाएकालाई ठगी गरेको देखिएको हो।
 |  शुक्रबार, असोज ५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ५, २०८०

काठमाडौं–सामाजिक सञ्जालको माध्यममा साथी बनाएर अनलाइन ठगी गर्ने २८ वर्षीय दादिकी शेर्पा पक्राउ परेकी छन्। उनले जीमेल, फीफा एपको लिंक पठाएर साथी बनाएकालाई ठगी गरेको देखिएको हो।

National life

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार स्थायी घर भोजपुर हतुवागढी गाउँपालिका भई हल काठमाडौंको टोखा बस्ने शेर्पाले पीडितको फेसबुक, ह्वाट्स् एप, भाइबरबाट साथी बनी फीफा एप इन्स्टल गर्न लगाई ११ लाख २७ हजार ठगी गरेकी हुन्।

शेर्पाले व्यक्तिगत विवरण समेत अपडेट गर्न लगाई पीडितलाई सोही एपबाट आर्थिक कारोबार गर्न नेपालको कानुनबमोजिम हुने भनेर विश्वास दिलाएको प्रहरीले बताएको छ।

अनलाइन गेमको विज्ञापन राखेर पीडितलाई अनलाइन बेटिङ गेम खेल्न रकम जम्मा गर्न लगाउने र जम्म गरेको ९० मिनेटभित्र १।४८ प्रतिशतका दरले फाइदा हुने झुटो आश्वासन दिने गरेको प्रहरीको भनाइ छ।

शेर्पालाई ठगी तथा सट्टाबाजीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रहरीले जनाएको छ।

Shivam cement

प्रकाशित: Sep 22, 2023| 12:08 शुक्रबार, असोज ५, २०८०
प्रतिक्रिया दिनुहोस्