शुक्रबार, वैशाख २६, २०८२

बाल सुधार गृहको झडपमा एकको मृत्यु, १० जना गम्भीर घाइते

 |  शुक्रबार, असोज ५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ५, २०८०

vianetvianet

बाँकेको डुडुवा गाउँपालिकामा रहेको बाल सुधार गृहमा दुई पक्षबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ।

triton college

जयन्दु बाल सुधार गृहमा बिहीबार राति झडप भएको हो। झडपमा ११ जना घाइते भएका र एक जनाको उपचारको क्रममा निधन भएको बाँके प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा कपिलवस्तु रुद्रपुरका सुलभ केसी छन्। उनी अपहरण, शरीर बन्धक र जबरजस्ती करणी कसुरमा सुधार गृहमा थिए।

झडपमा घाइते १० जनाकै अवस्था गम्भीर रहेको बताइएको छ। उनीहरुको नेपालगन्ज शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित: Sep 22, 2023| 08:26 शुक्रबार, असोज ५, २०८०
प्रतिक्रिया दिनुहोस्