आइतबार, जेठ २४, २०८३

पूर्वमन्त्री खेमराज भट्ट मायालुको निधन

 |  शुक्रबार, असोज ५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ५, २०८०

पूर्वमन्त्री खेमराज भट्ट मायालुको निधन भएको छ। काठमाडौंको वीर अस्पताललमा क्यान्सरको उपचार गराइरहेका भट्टको बिहीबार राति निधन भएको हो। 

National life

उनलाई गणतन्त्रका सेनानी पनि भनिन्थ्यो। रामराजाप्रसाद सिंह नेतृत्त्वको जनवादी मोर्चाले गणतन्त्र नेपालको लक्ष्य राखेर २०४२ साल असारमा नारायणहिटी राजदरबार र सिंहदरबार अगाडि बम विस्फोट गराएको थियो। भट्ट त्यतिबेला जनवादी मोर्चाको उपाध्यक्ष थिए।

२०५६ सालको आम निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभामा निर्वाचित भएर केही समय सामान्य प्रशासन मन्त्रीसमेत बनेका भट्ट गणतन्त्रका लागि आवाज उठाउने अग्रणी नेतामध्ये एक हुन्।

उनी २०५८ सालमा गठित शेरबहादुर देउवा नेतृत्वको सरकारमा सामान्य प्रशासनमन्त्री बनेका थिए। पञ्चायती व्यवस्थाविरोधी आन्दोलनका क्रममा उनी पटकपटक जेलसमेत परेका थिए। उनी २०५६ सालको प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसका तर्फबाट बर्दिया क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए।

सुरुमा कांग्रेस पृष्ठभूमिका उनले २०३० सालतिर रामराजाप्रसाद प्रसाद सिंहसँग मिलेर जनवादी मोर्चा निर्माण गरेका थिए। उनी २०५३ सालमा फेरि नेपाली कांग्रेसमै फर्केका थिए। गिरिजाप्रसाद कोइरालाको निधनपछि भने उनी माओवादीमा प्रवेश गरेका थिए। 

Shivam cement

प्रकाशित: Sep 22, 2023| 08:21 शुक्रबार, असोज ५, २०८०
प्रतिक्रिया दिनुहोस्