मंगलबार, पुस ८, २०८२

बालाजुमा बसले स्कुटरलाई ठक्कर दिँदा महिलाको मृत्यु

 |  शुक्रबार, असोज ५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ५, २०८०

National life
Laxmi sunrise bank
kumari

बालाजुस्थित माछापोखरीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ।

काठमाडौं महानगरपालिका-१६ माछापोखरीमा बा२ख ६७२९ नम्बरको बसले स्कुटरलाई बिहीबार साँझ ठक्कर दिँदा पछाडि बसेकी पर्वतकी ४६ वर्षीया लक्ष्मीकुमारी बोहोराको मृत्यु भएको हो।

प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएकी बोहोराको बसुन्धारास्थित ग्रिनसिटी अस्पतालमा मृत्यु भएको हो। बसले ठक्कर दिएपछि चालक फरार भएकाले स्कुटरको नम्बर खुल्न सकेको छैन। दुर्घटनापछि बस चालकलाई भने प्रहरीले पक्राउ गरेको छ। फरार स्कुटर चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Sep 22, 2023| 07:02 शुक्रबार, असोज ५, २०८०
प्रतिक्रिया दिनुहोस्