आइतबार, जेठ २४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • शिक्षकसँग वार्ता गर्ने सरकारी टोलीमा पाँच मन्त्री, टुंगोमा पुग्ला आज ?

शिक्षकसँग वार्ता गर्ने सरकारी टोलीमा पाँच मन्त्री, टुंगोमा पुग्ला आज ?

 |  शुक्रबार, असोज ५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ५, २०८०

सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघबीच आज शुक्रबार पुन: वार्ता हुने भएको छ। गृह मन्त्रालयमा बिहीबार भएको वार्ता टुंगोमा नपुगेपछि आज बिहान ९ बजे फेरि वार्तामा बस्ने समझदारी गरिएको थियो।

National life

हिजो वार्ताको नेतृत्व सरकारका तर्फबाट शिक्षा सचिव सुरेश अधिकारीले गरेका थिए। महासंघको तर्फबाट भने अध्यक्ष कमला तुलाधर र महासचिव लक्ष्मीकिशोर सुवेदी वार्तामा बसेका थिए। हिजोको वार्ता अनौपचारिक भएको बताइएको छ। 

सरकारी वार्ता टोलीमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री प्रकाशरण महत, कानुनमन्त्री धनराज गुरुङ, शिक्षामन्त्री अशोक राई र सञ्चारमन्त्री रेखा शर्मा छन्।

सरकारले एक साताअघि संसद्‍मा प्रस्तुत गरेको नयाँ शिक्षा विधेयकमा समेटिएका बुँदाप्रति असहमति जनाउँदै विभिन्न राजनीतिक दलमा आबद्ध शिक्षकको संस्था नेपाल शिक्षक महासंघले हिजोदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेपछि मुलुकभरका २७ हजार ३४३ सामुदायिक विद्यालयमा अध्ययनरत करिब ७० लाख विद्यार्थीको पढाइ प्रत्यक्ष प्रभावित भएको छ।

महासंघले नयाँ विधेयकमा समेटिएका राजनीतिमुक्त विद्यालय क्षेत्र, प्राथमिक, माध्यमिक तहमा स्नातक, स्नातकोत्तर, राजनीति गर्न पाउनुपर्ने, विद्यालय व्यवस्थापनमा राजनीतिक पार्टीका मान्छे राख्नुपर्ने, हाल कार्यरत, अस्थायी, राहत शिक्षकलाई सीधै स्थायी गर्नुपर्नेलगायत १८ बुँदे माग राखेर काठमाडौं केन्द्रित आन्दोलन थालेको हो।

Shivam cement

प्रकाशित: Sep 22, 2023| 06:40 शुक्रबार, असोज ५, २०८०
प्रतिक्रिया दिनुहोस्