आइतबार, जेठ २४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • मलंगवामा अनिश्चितकालीन कर्फ्यू, डेढ सातामै फेरि बढ्यो सामुदायिक तनाव

मलंगवामा अनिश्चितकालीन कर्फ्यू, डेढ सातामै फेरि बढ्यो सामुदायिक तनाव

 |  शुक्रबार, असोज ५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ५, २०८०

सर्लाहीको सदरमुकाम मलंगवामा अनिश्चितकालीन कर्फ्यू जारी गरिएको छ। गणेशको मूर्ति सेलाउन जाने क्रममा दुई समुदायबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बिहीबार राति १० बजेदेखि लागू हुने गरी कर्फ्यू जारी गरेका हुन्।

National life

'आज मिति २०८०।०६।०४ गते बिहीबार राति १०:०० बजेदेखि अर्को आदेश वा व्यवस्था नहुन्जेलसम्मका लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) (१) (३) बमोजिम कर्फ्यू आदेश जारी गरिएको छ,' प्रजिअ यादवले जारी गरेको आदेशमा उल्लेख छ।

कर्फ्यू अवधिमा पुरानो मलंगवा नगर क्षेत्र (पूर्वमा झिम नदी, पश्चिम मुसैली नहर, दक्षिणमा नेपाल भारत सीमा क्षेत्र र उत्तरमा प्रहरी पोष्ट/बाबा पेट्रोल पम्म) सीमा क्षेत्रभित्र कसैले आजवतजावत, भेला हुन, बाहिर हिँडडुल गर्न एवम् अरु कुनै प्रकारको उच्छृंखल गतिविधि गर्न पाइने छैन।

आदेशको उल्लंघन गर्नेलाई सुरक्षामा खटिएका सुरक्षाकर्मीले आवश्यकताअनुसार बल प्रयोग गरी कानुनबमोजिम कारबाहीसमेत गरिने आदेशमा उल्लेख छ।

बिहीबार साँझ भएको झडपमा आधा दर्जन घाइते भएका छन्। स्थिति नियन्त्रणमा लिन प्रहरीले ३ सेल अश्रुग्यास प्रहार गरेको थियो।

Shivam cement

डेढ साताअघि पनि दुई समुदायबीच झडपले उग्र रुप लिएपछि मलंगवामा कर्फ्यु लगाइएको थियो। कृष्ण जन्माष्टमी पूजापछि मूर्ति विसर्जनका क्रममा दुई समुदायबीच झडप भएको थियो। 

प्रकाशित: Sep 22, 2023| 06:27 शुक्रबार, असोज ५, २०८०
प्रतिक्रिया दिनुहोस्