आइतबार, जेठ २४, २०८३

सरकार र आन्दोलनरत शिक्षकबीचको वार्ता निष्कर्षविहीन

 |  बिहीबार, असोज ४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ४, २०८०

काठमाडौं- सरकार र आन्दोलनरत शिक्षक महासंघबीचको वार्ता निष्कर्षविहीन भएको छ। बिहीबार साँझ सिंहदरबारस्थित गृह मन्त्रालय भएको सरकार र महासंघबीचको वार्ता निष्कर्षविहीन भएको हो। 

National life

नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष विष्णुप्रसाद भण्डारीका अनुसार शुक्रबार बिहान ९ बजे औपचारिक रूपमा छलफल गर्ने सहमतिमा आजको बैठक सकिएको हो। 

वार्तामा सरकारका तर्फबाट उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री डा प्रकाशशरण महत, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राई र कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ र सम्बन्धित मन्त्रालयका सचिवहरूको सहभागिता रहेको थियो। 

त्यस्तै शिक्षकको तर्फबाट शिक्षक महासङ्घका पदाधिकारीहरू थिए। सरकारले विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभामा दर्ता गरेपछि त्यसमा रहेका प्रावधानप्रति असन्तुष्टि जनाउँदै शिक्षकहरूले आन्दोलन गरेका हुन्।

शिक्षकको सरुवा, बढुवा र कारबाहीको व्यवस्था स्थानीय तहलाई दिन नहुने, शिक्षकलाई ट्रेड युनियन अधिकार दिनुपर्नेजस्ता राजनीतिक र सेवा सुविधासँग सम्बन्धित गरी १७ बुँदे माग राखेर शिक्षक महासङ्घले बुधबारदेखि काठमाडौँमा आन्दोलन गर्दै आएको छ। शिक्षकले देशभरका सामुदायिक विद्यालयमा पठनपाठन ठप्प पारेर आन्दोलन गरिरहेका छन्। 

Shivam cement

प्रकाशित: Sep 21, 2023| 21:38 बिहीबार, असोज ४, २०८०
प्रतिक्रिया दिनुहोस्