आइतबार, जेठ २४, २०८३

हुम्लामा कोदो महोत्सव हुने

 |  बिहीबार, असोज ४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ४, २०८०

हुम्ला- हुम्लामा पहिलो पटक कोदो महोत्सव गरिने भएको छ। अन्तर्राष्ट्रिय कोदो दिवसको अवसर पारेर यही असोज १८ गते जिल्लाको जैविक कोदो खेतीको संरक्षण र प्रवर्द्धन गर्न कोदो महोत्सव गर्न लागिएको हो। हुम्लामा कोदो सबैभन्दा बढी उत्पादन हुने अनाजमा समेत पर्दछ। 

National life

कोदो बालीको संरक्षण, प्रवर्द्धन र यसको प्रचारप्रसारका लागि महोत्सव गर्न लागिएको जिल्ला कृषि विकास कार्यालयका निमित्त प्रमुख धर्मबहादुर शाहीले बताए। उत्पादन राम्रो हुने हुम्लामा कोदो महोत्सव गर्न लागिएको हो। 

जिल्ला बाहिरबाट अतिथि आउने भएका कारण यसको प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास गरिएको छ। रैथाने कोदो बालीको प्रवर्द्धन गर्नसके यसलाई जिल्ला बाहिर निकासी गरेर किसानलाई प्रत्यक्षरूपमा फाइदा पुग्नेछ। महोत्सवमा व्यापारिक कक्ष निर्माण गरेर कोदोका परिकारसमेत प्रदर्शनी गरिनेछ। 

यस्तै कोदोबाट १५ भन्दाबढी परिकार तयार पारिनुका साथै महोत्सवको वृत्तचित्रसमेत तयार पारिनेछ। सो महोत्सवमा चार जना कोदोखेती गर्ने किसानलाई पुरस्कृत गरिनेछ। हुम्लाका सातवटै गाउँपालिकामा एक हजार तीन सय ५० हेक्टर जमिनमा कोदो खेती गर्दा एक हजार पाँच सय ४० मेट्रिकटन उत्पादन हुने गरेको जनाइएको छ। 

यस्तै कोदो महोत्सवका लागि यहाँका स्थानीय तहले आर्थिक सहयोगसमेत गर्ने भएका छन्। सिमकोट गाउँपालिकाले दुई लाख, नाम्खा गाउँपालिकाले एक लाख र खार्पुनाथ गाउँपालिकाले एक लाख ५० हजार सहयोग गर्ने सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले बताए। 

Shivam cement

यस्तै एकीकृत अनुसन्धान विकास केन्द्र, गुडनेभर इन्टरनेश्नल, सीप नेपाल, आधार विकास नेपाललगायतका संस्थालेसमेत कोदो महोत्सवमा आर्थिक सहयोग गर्ने निमित्त कार्यालय प्रमुख शाहीले बताए।

प्रकाशित: Sep 21, 2023| 22:28 बिहीबार, असोज ४, २०८०
प्रतिक्रिया दिनुहोस्