शुक्रबार, असार १३, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • आन्दोलित शिक्षकसँग वार्ता गर्ने जिम्मा गृहमन्त्री श्रेष्ठलाई

आन्दोलित शिक्षकसँग वार्ता गर्ने जिम्मा गृहमन्त्री श्रेष्ठलाई

 |  बिहीबार, असोज ४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ४, २०८०

vianetvianet

काठमाडौं- आन्दोलनरत शिक्षकसँग वार्ता गर्ने जिम्मा गृहमन्त्रीले पाएका छन्। उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काका अनुसार शिक्षकहरूले शिक्षामन्त्रीसँग वार्ता नगर्ने अडान राखेपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई जिम्मा दिइएको हो।

नेपाली कांग्रेसका उपसभापति समेत रहेका मन्त्री खड्काले नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा यसको जानकारी गराएका हुन्। शिक्षकहरूले आवश्यकताभन्दा धेरै सर्त राखिरहेको बताएका खड्काले कांग्रेस केन्द्रीय समिति बैठकमा आफूले राखेको कुरा बाहिर नआओस् भन्दै धारणा राखेका थिए। बैठक लाइभ भएको मेसो खड्काले पाएनन्।

'उहाँहरूसँग शिक्षा दिवसका दिन मेरो भेटघाट भएको थियो। प्रधानमन्त्री नभएकाले शिक्षा दिवसको कार्यक्रममा म नै गएको थिएँ। मैले त्यहाँ गुरुहरू आन्दोलनमा हुनुहुन्छ। अहिलेको अर्थतन्त्रमा थप भार नपर्ने गरी सबै माग पूरा गर्न सकिन्छ भनेको थिएँ। हामीले संविधान दिवसको दिन विज्ञप्ति जारी गरेर महासंघका नेताहरूलाई शिक्षा सचिवले ह्वाट्सएपमा पठाउनुभएको थियो। तर, उहाँहरू वार्ताका लागि तयार हुनुभएन,' उनले भने।

'उपप्रधानमन्त्रीसँग वार्ता गरिसकेपछि अब मन्त्रीसँग वार्ता हुँदैन भन्नुभयो। त्यसपछि मैले नै प्रधानमन्त्रीसँग कुरा राखे र वार्ता गर्ने जिम्मा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पाउनुभएको छ,' उनले भने।

प्रकाशित: Sep 21, 2023| 16:26 बिहीबार, असोज ४, २०८०
प्रतिक्रिया दिनुहोस्