बिहीबार, असोज १, २०८३

सडकमा शिक्षकको नाचगान: बल्ल पर्‍यो यो सरकार शिक्षकको जालैमा

 |  बिहीबार, असोज ४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ४, २०८०

सरकारले एक साताअघि संसद्‍मा प्रस्तुत गरेको नयाँ शिक्षा विधेयकमा समेटिएका बुँदाप्रति असहमति जनाउँदै विभिन्न राजनीतिक दलमा आबद्ध शिक्षकको संस्था नेपाल शिक्षक महासंघले हिजोदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेको छ। देशभरबाट आएका शिक्षक अहिले काठमाडौंका सडकमा छन्।

माइतीघरमा भेला भएका शिक्षक नयाँ बानेश्वर पुगेका छन्। प्रहरीलाई सुरक्षा व्यवस्था मिलाउन हम्मे परिरहेको छ। प्रहरीसँग घम्साघम्सी गरिरहेका शिक्षक नाचगान गर्दै रमाइलो गरिरहेको पनि देख्न सकिन्छ। 'बल्ल पर्‍यो यो सरकार शिक्षकको जालैमा' भन्दै उनीहरु सडकमै नाचिरहेका छन्।

प्रकाशित: Sep 21, 2023| 13:13 बिहीबार, असोज ४, २०८०
प्रतिक्रिया दिनुहोस्