आइतबार, जेठ २४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • दाइजोले निम्त्याएको अपराध: श्रीमती हत्याको आरोपमा समातिए भगत

दाइजोले निम्त्याएको अपराध: श्रीमती हत्याको आरोपमा समातिए भगत

 |  बिहीबार, असोज ४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ४, २०८०

सुनसरीको इनरूवा नगरपालिका–३ का ३२ वर्षीय नगेन्द्र भगतलाई दाइजो नल्याएको निहुँमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

National life

श्रीमती निकिता चौधरीको शनिबार राति हत्या गरेको भन्दै माइती पक्षले उजुरी दिएका आधारमा भगतलाई नियन्त्रणमा लिइएको सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिए।

विराटनगर महानगरपालिका–१७ मटेरूवाकी २३ वर्षीया चौधरीको हत्या गरेको आरोप भगत माथि छ। उनले २१ महिना अगाडि विवाहका बेला चौधरीसँग ३२ लाख नगद, आठ तोला सुन, ९० तोला चाँदी र एक मोटरसाइकल दाइजोमा ल्याएका थिए। थप दाइजो नल्याएको भन्दै चौधरीको हत्या गरेको माइती पक्षको आरोप छ।

हत्या भएपछि भगतलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाहीको प्रक्रिया अगाडि बढाएको छ। थप दाइजो माग्दै दिदीको हत्या गरेको भन्दै मृतकका भाइ राकेशले कारवाही गर्न माग गरेको प्रहरीले जनाएको छ। उनीहरूको ११ महिनाको छोरासमेत रहेको जनाइएको छ। माइती पक्षले नाबालक छोराको समेत जिउज्यानको सुरक्षा गरिदिन प्रहरी समक्ष आग्रह गरेको छ।

दाइजोको निहुँमा हत्या भएको भन्दै माइती पक्षले जिल्ला प्रहरी कार्यालय सुनसरी अगाडि प्रदर्शन गर्दै आएका छन्।

Shivam cement

शनिबार राति निकिताको शंकास्पद मृत्यु भएको थियो। बाथरुममा झुन्डिएको भन्दै निकितालाई उपचारका लागि जिल्ला अस्पताल इनरुवामा लगिएको थियो। अस्पतालले उपचार हुन नसक्ने भन्दै रेफर गरेपछि थप उपचारका लागि विराट टिचिङ हस्पिटल ल्याउने क्रममा उनको निधन भएको हो। मृत्युको विषयमा भगत परिवारले फरक-फरक कुरा बताउँदै आएको भाइ राकेश चौधरीको भनाइ छ।

‘कहिले बाथरुममा चिप्लिएको र कहिले आत्महत्या गरेको बताइरहेका छन्,’ उनले भने। दाइजोको निहुँमा श्रीमानले नै हत्या गरेको उनको आरोप छ। निकिताको टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरेको राकेशले दाबी गरे।

शनिबार राति करिब साढे ९ बजेतिर निकिताले श्रीमान् र परिवारसँग झगडा भइरहेको भनेर माइतीमा आमालाई फोन गरेकी थिइन्। त्यसको आधा घण्टापछि निकिताले झुन्डिएर आत्महत्या गरेको नगेन्द्रकी भान्जीले निकिताका भाइलाई खबर गरेकी थिइन्। त्यसपछि निकिताकी जेठानीले बाथरुममा चिप्लिएर सख्त घाइते भएको भन्दै जिल्ला अस्पतालमा आउन आग्रह गरेको माइती पक्षले बताएको छ।

निकिताले तिजमा लगाउन चार हजार रूपैयाँको सारी किनिदिन नागेन्द्रसँग आग्रह गरेपछि विवाद भएको माइती पक्षको भनाइ छ। निकिताले शनिबार साँझ आमासँग श्रीमान् नागेन्द्रलाई सारी किनिदिन आग्रह गरेको र श्रीमान्‌ले सारी किनिदिनु परे नाम मेटाइदिने भन्दै धम्की दिएको सुनाएकी थिइन्।

प्रकाशित: Sep 21, 2023| 12:41 बिहीबार, असोज ४, २०८०
प्रतिक्रिया दिनुहोस्