शुक्रबार, असार १३, २०८२

फरक-फरक स्थानमा ९ जना मृत फेला

 |  बिहीबार, असोज ४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ४, २०८०

vianetvianet

देशका विभिन्न स्थानमा पछिल्लो २४ घण्टामा १० जना मृत फेला परेका छन्।

प्रहरीका अनुसार पर्सा, जगरनाथपुर गाउँपालिका-५ मसियानी बस्ने ४५ वर्षीया कान्ती देबी मुखिया बिन आफ्नै घरमा मंगलबार मृत अवस्थामा फेला परेकी छिन्।

कपिलवस्तु, यसोधरा गाउँपालिका-१ ठुलो पकडी बस्ने २२ वर्षीया नसिमा खातुन आफ्नै घरको बरन्डामा रहेको खाटमा मंगलबार मृत अवस्थामा फेला परेकी छिन्। प्रहरी चौकी तुल्सिपुरबलुहवा र ईलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले मृतकका श्रीमान् सहित ५ जनालाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ।

सिन्धुपाल्चोक, बलेफी गाउँपालिका-२ थापागाउँ बस्ने ९७ वर्षीया भक्त कुमारी थापा सोही गाउँपालिका-२ कोईराला टारस्थित खोल्सामा मंगलबार मृत अवस्थामा फेला परेकी छिन्। गत भदौ २८ गते दिउँसो आफ्नै घरबाट हराई बेपत्ता भएकी उनको खोजी गर्ने क्रममा शव फेला परेको हो।

बाँके, जानकी गाउँपालिका-४ ढुढुवारस्थित बाटो छेउको नालीमा खजुरा गाउँपालिका-७ गुनाना बस्ने २० वर्षीया माया कुमारी कुम्हार बुधबार मृत अवस्थामा फेला परेकी छिन्।

धादिङ, निलकण्ठ नगरपालिका-१० बस्ने ६१ वर्षीय यम बहादुर खनाल सोही नगरपालिका-११ ज्यामरुङ कालीमाटी खोलामा बुधबार मृत अवस्थामा फेला परेका छन्। मंगलबार दिउँसो घरबाट हिँडेका उनी घर नफर्किएपछि खोजी गर्ने क्रममा शव फेला परेको हो।

सुनसरी, कोशी गाउँपालिका-१ लौकही बजार सभाहलमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन्।

रुपन्देही, बुटवल उपमहानगरपालिका-९ इँटाभट्टीस्थित होटल वजनमा हाल नाम, थर, वतन नखुलेकी २१ वर्षीया महिला गएराति मृत अवस्थामा फेला परेकी छन्। गुल्मी सत्यवती गाउँपालिका-
२ घर भएका प्रबिन थापाको नाममा बुक गरेको कोठामा ती महिला मृत अवस्थामा रहेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बुटवल समेतबाट खटिएको प्रहरीले मृत्यु शंकास्पद देखेपछि अनुसन्धानको क्रममा कोठा बुक गर्ने प्रबिन थापा सहित ६ जनालाई नियन्त्रणमा लिएको छ।

प्युठान, माण्डवी गाउँपालिका-१ तिराम माझटोल बस्ने ७८ वर्षीय बामदेव उपाध्याय आफ्नै  घरमा बुधबार मृत अवस्थामा फेला परेका छन्।

काठमाडौं, टोखा नगरपालिका-९ मा डेरा गरी बस्ने सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-५ घर भएका ४३ वर्षीय हरिबोल खड्का आफ्नै कोठामा बुधबार मृत अवस्थामा फेला परेका छन्।

सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Sep 21, 2023| 12:02 बिहीबार, असोज ४, २०८०
प्रतिक्रिया दिनुहोस्