बिहीबार, असोज १, २०८३

शिक्षक आन्दोलन

वार्ता निष्कर्षविहीन, सडक अस्तव्यस्त

 |  बिहीबार, असोज ४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ४, २०८०

संसद्‌मा दर्ता भएको विद्यालय शिक्षा विधेयकविरुद्ध देशभरका शिक्षकले बिहीबार पनि आन्दोलन जारी राख्दा काठमाडौं उपत्यकाको सडक अस्तव्यस्त भएको छ। माइतीघरमा जारी आन्दोलनका कारण त्रिपुरेश्वर,  थापाथली, माइतीघर, बिजुलीबजार, बानेश्वर, मीनभवनदेखि कोटेश्वरसम्मै सवारीसाधन जाममा फसेका छन्।

आन्दोलनका कारण सडकमा ट्राफिक व्यवस्थापन गर्न प्रहरीहरुलाई हम्मेहम्मे परेको छ। शिक्षा विधेयकविरुद्ध देशभरका शिक्षकले हिजोदेखि काठमाडौंमा आन्दोलन थालेका हुन्। आज  बिहान शिक्षकका प्रतिनिधि र सरकार पक्षबीच वार्ता भए पनि कुनै निष्कर्ष निस्किन सकेन।

 

प्रकाशित: Sep 21, 2023| 11:57 बिहीबार, असोज ४, २०८०
प्रतिक्रिया दिनुहोस्