आइतबार, जेठ २४, २०८३

सरकार र आन्दोलनरत शिक्षकबीचको पहिलो वार्ता निष्कर्षविहीन

 |  बिहीबार, असोज ४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ४, २०८०
National life
Shivam cement

काठमाडौं- सरकार र आन्दोलनरत शिक्षकबीच आज बिहान बसेको पहिलो चरणको वार्ता निष्कर्षविहीन भएको छ। यसअघि शिक्षा मन्त्रालयले वार्तामा बोलाउँदा पनि शिक्षकहरु वार्तामा बसेका थिएनन्।

बुधबार पहिलो दिन काठमाडौंमा शक्ति प्रदर्शन गरेका उनीहरु आज भने गृह मन्त्रालयमा वार्तामा बसेका थिए। बिहान आठ बजे बसेको वार्तामा उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षामन्त्री अशोककुमार राई, शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारी, शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधर तथा नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र अखिल नेपाल शिक्षक संगठनका प्रतिनिधिहरु सहभागी थिए।

वार्तामा शिक्षकहरुका मागबारे छलफल भएको थियो। विद्यालय शिक्षा विधेयकका कतिपय व्यवस्थाप्रति विरोध जनाउँदै शिक्षकहरुले विद्यालय बन्द गरी बुधबारदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका छन्।

प्रकाशित: Sep 21, 2023| 09:51 बिहीबार, असोज ४, २०८०
प्रतिक्रिया दिनुहोस्