आइतबार, जेठ २४, २०८३

आक्रोशित युवक हँसिया बोकेर प्रअको कोठामा छिरेपछि...

 |  बिहीबार, असोज ४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ४, २०८०

सुर्खेतको चौकुने गाउँपालिका-१ बडासैनको सुदर्शन प्राथमिक विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई हँसिया लिएर काट्छु भन्दै धम्की दिने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

National life

गएको भदौ ३१ गते एक औपचारिक कार्यक्रममा प्रधानाध्यापक हिरादेवी भण्डारी र समिति अध्यक्ष उदय साउदलाई काट्ने धम्की दिने २२ वर्षीय छवि साउदलाई प्रहरीले समातेको हो।

शिक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा ती युवकले व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक र शिक्षकसँग विवाद गरेका थिए। लगत्तै घर गएका युवक केही समयपछि हँसिया लिएर आएका थिए। उनी हँसिया लिएरै प्रधानाध्यापकको कोठामा प्रवेश गरेका थिए।

प्रधानाध्यापक हिरादेवी भण्डारीले ती युवकबाट हँसिया खोस्ने प्रयास गरेकी थिइन्। त्यस क्रममा युवकले भण्डारीमाथि हातपात समेत गरेका थिए।

घटनापछि इलाका प्रहरी कार्यालय बाबियाचौरले उनलाई नियन्त्रणमा लिएको थियो। उनलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ।

Shivam cement

प्रकाशित: Sep 21, 2023| 09:41 बिहीबार, असोज ४, २०८०
प्रतिक्रिया दिनुहोस्