शुक्रबार, असार १३, २०८२

युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा तीन जना पक्राउ

 |  बिहीबार, असोज ४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ४, २०८०

vianetvianet

डडेल्धुरामा एक युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा भागेश्वर गाउँपालिका ३ ओड गाउँका २३ वर्षीय कमल ओड, २२ वर्षीय तपेन्द्र ओड र २८ वर्षीय दिपक ओड रहेको प्रहरीले जनाएको छ।

सोही प्रकरणमा संलग्न एक १८ वर्षीय किशोर भने फरार छन्। कमल र १८ वर्षीय किशोरले २० वर्षीया ती युवतीलाई गत वैशाख ५ गते दिउँसो भागेश्वरस्थित नानिगाड खोलामा करणी गरेको खुलेको छ।

त्यस्तै, तपेन्द्र र दिपकले गत वैशाख १२ गते साँझ भागेश्वर गाउँपालिका डेकास्थित बाझो घरको गोठमा लगी जबरजस्ती करणी गरेको उनीहरूमाथि उजुरी परेको छ।

जिल्ला प्रहरी कार्यालय, डडेल्धुरा र प्रहरी चौकी, लामिकाण्डेबाट खटिएको प्रहरीले तीन जनालाई पक्राउ गरेको हो। घटनामा संलग्न मुख्य किशोर भने फरार रहेका छन्। फरार किशोरको खोजी गरिरहेको प्रहरीले जनाएको छ।
 

प्रकाशित: Sep 21, 2023| 09:28 बिहीबार, असोज ४, २०८०
प्रतिक्रिया दिनुहोस्