शुक्रबार, असार १३, २०८२

कुटपिट गरी तिलहरी र मोबाइल लुट्ने दुई जना पक्राउ

 |  बिहीबार, असोज ४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ४, २०८०

vianetvianet

कञ्चनपुरमा दुई जना माथि कुटपिट गरी तिलहरी र मोबाइल लुट्ने दुई जनालाई पक्राउ गरिएको छ।

शुक्लाफाँटा नगरपालिका–५ का ४० वर्षीय अम्बादत्त जोशी र उनकी बहिनी द्रोपती जोशीलाई कुटपिट गरी लुटपाट गरेको आरोपमा प्रहरीले वेदकोट नगरपालिका–२ दैजी बस्ने २२ वर्षीय कमल चौधरी र २७ वर्षीय राजु डगौरालाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ परेकाहरूले शुक्लाफाँटा नगरपालिका–५ स्थित अर्जुनी जङ्गलमा बुधबार साँझतिर उनीहरूमाथि आक्रमण गरी कुटपिट गर्दै लुटपाट गरेका थिए।

द्रोपतीले घाँटीमा लगाएको ८ आनाको तिलहरी, मोबाइल लुटेर फरार भएका दुवै जनालाई इलाका प्रहरी कार्यालय झलारीको टोलीले पक्राउ गरेको हो।
 

प्रकाशित: Sep 21, 2023| 09:26 बिहीबार, असोज ४, २०८०
प्रतिक्रिया दिनुहोस्