आइतबार, जेठ २४, २०८३

देशभरका सामुदायिक विद्यालयमा पठनपाठन ठप्प

 |  बिहीबार, असोज ४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ४, २०८०

आज (बिहीबार)देखि देशभरका सामुदायिक विद्यालयमा पठनपाठन बन्द हुने भएको छ। शिक्षासम्बन्धी विधेयकमा असहमति जनाउँदै शिक्षकहरू काठमाडौंमा आन्दोलन गर्न आएपछि पठनपाठन बन्द भएको हो।

National life

राष्ट्रिय नेपाल शिक्षक महासंघको आह्वानमा देशभरका शिक्षक आन्दोलन गर्न काठमाडौं आएका छन्। आफ्ना माग सम्बोधन सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने उनीहरूको अडान छ। 

संसद्‍मा दर्ता भएको ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८०’ का केही प्रावधानमा असन्तुष्टि जनाउँदै देशभरका शिक्षक आन्दोलनमा उत्रेका हुन्। विद्यालय बन्दको घोषणा नै गरेर शिक्षकहरू आन्दोलनका लागि काठमाडौं आएका छन्। 

बुधबार काठमाडौंको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरम्म प्रदर्शन गरेका उनीहरूले आजखि थप आन्दोलनका कार्यक्रम चर्काउने चेतावनी दिएका छन्। 

संविधान प्रदत्त ट्रेड युनियन अधिकारमाथि अंकुश लगाउन खोजेको, पटक-पटकको संवाद र छलफलपछि पनि आफूहरूको मागविपरीत विधेयक आएको भन्दै महासंघले शिक्षकहरूलाई आन्दोलनमा उतारेको हो।

Shivam cement

विधेयकले  स्थायी, अस्थायी-करार, राहत, साविक उमावि, शिक्षण सिकाइ अनुदान, विशेष शिक्षा, प्राविधिक धार र संस्थागत विद्यालयलगायत सबै प्रकारका शिक्षक तथा विद्यालय कर्मचारीका मूलभूत मुद्दाहरूलाई सम्बोधन गर्न नसकेको महासंघको भनाइ छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले असन्तुष्ट शिक्षकहरूलाई वार्तामा बोलाएको थियो। तर, शिक्षक महासंघका प्रतिनिधि भने कार्यवाहक प्रधानमन्त्रीसँग मात्र वार्ता गर्ने भन्दै शिक्षा मन्त्रालय गएनन्। प्रधानमन्त्री पुष्पकमल दाहाल अमेरिका भ्रमणमा छन् र कार्यवाहकको जिम्मेवारी पूर्णबहादुर खड्काले पाएका छन्।

प्रकाशित: Sep 21, 2023| 08:44 बिहीबार, असोज ४, २०८०
प्रतिक्रिया दिनुहोस्