शुक्रबार, असार १३, २०८२

वीरगन्जमा दुई पुरुषको शव फेला

 |  बुधबार, असोज ३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, असोज ३, २०८०

vianetvianet

वीरगन्जमा आज दुई पुरुषको शव फेला परेको छ। वीरगन्ज महानगरपालिका-९ पानगल्लीमा राति साढे ७ सर्लाही घर भई वीरगन्जमा ठेला चलाउने ५० वर्षीय भुब्रो महतोको शव फेला परेको हो। आफूले चलाउने ठेलामा उनको शव फेला परेको प्रहरीले जनाएको छ।

यसैगरी वीरगन्ज-३ छपकैयामा करिब ३५ वर्षीय अपरिचित पुरुषको शव फेला परेको छ। जिन्स पाइन्ट र स्पोर्टस जुत्ता लगाएको अवस्थामा पुरुषको शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीले दुवै शवको मुचुल्का उठाएर छानबिन सुरु गरेको छ।
 

प्रकाशित: Sep 20, 2023| 21:34 बुधबार, असोज ३, २०८०
प्रतिक्रिया दिनुहोस्