सोमबार, मंसिर २५, २०८०

शिक्षा विधेयक दर्ता संविधान विपरीत, आन्दोलनमा जानेलाई कारबाही : बालेन 

 |  बुधबार, असोज ३, २०८०
averest bankaverest bank

नेपाल समय

नेपाल समय

बुधबार, असोज ३, २०८०

काठमाडौं- काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहले संसद्‌मा दर्ता भएको शिक्षा विधेयक संविधान विपरीत रहेको बताएका छन्। देशभरका शिक्षकहरुले बुधबार काठमाडौंमा आन्दोलन गरेपछि महानगरका मेयर बालेन शाहले ‘संघीय तहले प्रस्तुत गर्नुपर्ने  विधेयक संघीय संसद्मा दर्ता गर्नु नै संविधानको बर्खिलाप भएको बताएका हुन्। 

sagarmatha cement

उनले स्कुल बन्द गरेर पठनपाठनमा अवरोध पुर्‍याउने शिक्षकलाई कानुन अनुसार कारबाही गर्ने पनि बताएका छन्। बुधबार बेलुका सामाजिक सञ्‍जाल फेसबुकमा स्टाटस लेख्दै शिक्षा विधेयकमा असहमती रहेको तर, पठन पाठनमा अवरोध पुर्‍याउने  शिक्षकहरुलाई कानुन( संविधान ) अनुसार कारबाही हुने पनि बताएका छन्। 

उनले लेखेका छन्, 'लगभग २ लाख ५० हजार हजार विद्यार्थी तथा १०००० भन्दा धेरै शिक्षक हाम्रो मातहतमा छ। आधारभूत र माध्यमिक शिक्षा स्थानीय सरकारको एकल अधिकारको रूपमा रहेकोले विद्यालय शिक्षा ऐन बनाउने अधिकार पनि स्थानीय सरकारमा निहित रहेको छ किन कि काठमाडौको शिक्षा को नीति र जुम्ला को नीति र आवश्यकता फरक हुन, छन्। ‘संघीय तहले प्रस्तुत गर्नुपर्ने  विधेयक संघीय संसद्मा दर्ता गर्नु नै संविधानको बर्खिलाप हो। संघीय सरकारले संघीय शिक्षा ऐन तर्जुमा गरी राष्ट्रिय शिक्षा नीति तथा मापदण्ड बनाउनुको साटो विद्यालय शिक्षा विधेयक ल्याउनु संवैधानिक प्रावधान विपरीत रहेकोले किमार्थ स्वीकार गर्न सकिँदैन। स्थानीय सरकारले प्रयोग गरिरहेको माध्यमिक शिक्षासम्मको विधायिकी र कार्यकारी अभ्यासबारे सम्मानित अदालतका फैसलाहरूबाट समेत नजिर स्थापित भइसकेको स्मरण गराउन चाहन्छौँ। तर, यति भन्दै गर्दा शिक्षकले स्कुल बन्द गरेर पठनपाठनमा अवरोध नपुर्‍याउनुहोला। यस्ता अवरोध पुर्‍याउनेहरुलाइ कानुन( संविधान ) अनुसार कारबाही हुनेछ।'

प्रकाशित: Sep 20, 2023| 18:38 बुधबार, असोज ३, २०८०
kumari bankkumari bank
Everest bankEverest bank
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्