आइतबार, जेठ २४, २०८३

भीमदत्त नगरपालिकाद्वारा नदीजन्य पदार्थ उत्खननमा रोक

 |  बुधबार, असोज ३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असोज ३, २०८०
National life
Shivam cement

कञ्चनपुर- भीमदत्त नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन, संकलन र बिक्री वितरण गर्ने कार्यमा रोक लगाएको छ। नगरपालिका क्षेत्रभित्रका नदी, खोला लगायतबाट अर्को निर्णय नभएसम्मका लागि नदीजन्य पदार्थ ढुंगा, बालुवा, गिट्टी, ग्राभेल र माटो उत्खननमा रोक लगाएको हो।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यामनारायण गौलीका अनुसार महाकाली नदीको हकमा ईआईएको कार्य सुदूरपश्चिम प्रदेशस्थित उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा अध्ययनका क्रममा रहेको छ। 

महाकाली नदीबाहेक अन्य नदी तथा खोलाहरुको हकमा आईईई रिभ्युका क्रममा रहेकाले हाललाई नदीजन्य पदार्थको उत्खनन संकलन र बिक्री वितरणका लागि ठेक्का बन्दोबस्तको कार्य गर्न केही समय लाग्ने भएकाले अर्को निर्णय नहुँदासम्मका लागि रोक लगाइएको प्रमुख प्रशासकीय अधिकृत गौलीको भनाइ रहेको छ।

प्रकाशित: Sep 20, 2023| 20:21 बुधबार, असोज ३, २०८०
प्रतिक्रिया दिनुहोस्