बैतडीमा एक शिक्षक २८ दिनदेखि बेपत्ता छन्। डिलासैनी गाउँपालिका-२ गोगनीका ५२ वर्षीय शिक्षक जयबहादुर गडाल २८ दिनदेखि बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
सोही गाउँपालिकाको लटिनाथ आधारभूत विद्यालयका शिक्षक भदौ ५ गते बेपत्ता भएका थिए। प्रहरीले खोजी गर्ने क्रममा खोला नजिक छाता, टोपी, मोबाइल र चप्पल भेट्टाएको छ।
उनी त्यही भीरबाट खसेका हुन् कि भन्ने अनुमान प्रहरीले गरेको छ।