आइतबार, जेठ २४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • टीकापुर हत्याकाण्डमा माफी पाएका कैदीलाई स्वागत गर्न मन्त्री र सांसद नै पुगेपछि...

टीकापुर हत्याकाण्डमा माफी पाएका कैदीलाई स्वागत गर्न मन्त्री र सांसद नै पुगेपछि...

हत्या आरोपमा कारागारमा रहेर रिहाइ हुन लागेकालाई स्वागत गर्न मन्त्री नै पुगेपछि संघीय र प्रदेश मन्त्रीहरूप्रति सर्वसाधारणले जनाए असन्तुष्टि।
 |  बुधबार, असोज ३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असोज ३, २०८०

काठमाडौं- ९ जनाको ज्यान जाने गरी कैलालीको टीकापुरमा ७ भदौ २०७२ मा भएको घटनामा संलग्न रहेका तीन जनालाई सरकारले आममाफी दिँदै रिहा गरेको छ।

National life

टीकापुरमा घटना संलग्न रहेर आममाफी पाएका उनीहरूलाई स्वागत गर्न भूमि व्यवस्था, गरिबी निवारण तथा सहकारीमन्त्री रञ्जिता श्रेष्ठ कारागार पुगिन्। रञ्जिता टीकापुर घटनाका मुख्य अभियुक्त भनिए पनि सरकारबाट आममाफी पाएका रेशम चौधरी पत्नी हुन्।

रञ्जिता नागरिक उन्मुक्ति पार्टीका अध्यक्षसमेत हुन्। हत्या आरोपमा कारागारमा रहेर रिहाइ हुन लागेकालाई स्वागत गर्न मन्त्री नै पुगेपछि संघीय र प्रदेश मन्त्रीहरूप्रति सर्वसाधारणले असन्तुष्टि व्यक्त गरेका छन्।

सरकारले संविधान दिवस २०८० अवसरमा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँकाचोरी अभियोगमा कारागारमा रहेका ३ जनालाई आममाफीसहित रिहा गरेको हो। रिहा हुनेमा टीकापुर नगरपालिका–३ का वीरबहादुर चौधरी, साविकको मुनुवा गाविस– ४ का प्रदीप चौधरी र हरिनारायण चौधरी रहेका छन्।

उनीहरूलाई नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी, अध्यक्ष रञ्जिता चौधरी, कैलाली ४ प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरी, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सुदूरपश्चिम प्रदेशका मन्त्री रामेश्वर चौधरी, राज्यमन्त्री कैलाश चौधरीलगायत नेता,  कार्यकर्ताले कारागार परिसरमै स्वागत गरेका थिए।

Shivam cement

संविधान दिवसका दिन आममाफी पाएर जेलबासमा रहेका तीन जनालाई स्वागत गर्दै नागरिक उन्मुक्तिका संरक्षक रेशमले टीकापुर घटनामा फरार रहेका व्यक्तिबारे सरकारले निर्णय लिनुपर्ने बताए। उनले घटनामा संलग्न भनिकाहरूमाथि लागेको मुद्दा फिर्ता लिन सरकारसँग माग गरे।

कार्यक्रममा पार्टी अध्यक्ष श्रेष्ठले टीकापुर घटनामा फरार रहेकालाई पनि यसै गरी छुटाइने बताइन्। उनले भनिन्,‘अबको मन्त्रिपरिषद्  बैठकमा टीकापुर घटनामा फरार सूचीमा रहेका व्यक्तिबारे छलफल गरिनेछ।’

प्रकाशित: Sep 20, 2023| 15:31 बुधबार, असोज ३, २०८०
प्रतिक्रिया दिनुहोस्