आइतबार, मंसिर २८, २०८२

पढाउन छाडेर आन्दोलनमा जाने शिक्षकलाई महानगरले कारबाही गर्ने

 |  बुधबार, असोज ३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असोज ३, २०८०

काठमाडौं महानगरपालिकाभित्र रहेका विद्यालयका शिक्षकले विद्यालय नै बन्द गरेर धर्ना, नाराजुलुस तथा आन्दोलनका कार्यक्रममा सहभागी हुन गएमा महानगरपालिकाले कारबाही गर्ने भएको छ।

National life

बुधबार नेपाल शिक्षक महासंघको आह्वानमा देशभरका शिक्षक काठमाडौंमा आन्दोलनरत छन्। यसमा काठमाडौं महानगरभित्र रहेका विद्यालयका शिक्षक पनि सहभागी छन्।

केही स्थानीय तहले विद्यालय बन्द गरेर आन्दोलनमा गए कारबाही हुने सूचना जारी गरिसकेका छन्। काठमाडौं महानगरपालिकाले पनि पठनपाठन छाडेर आन्दोलनमा गए कारबाही हुने बताएको छ।

आज सार्वजनिक बिदा भएकाले छुट दिइएको तर भोलिदेखि आन्दोलनमा गए कारबाही हुने महानगरपालिकाले चेतावनी दिएको छ।

यसअघि पनि काठमाडौं महानगरपालिकाले शिक्षक कर्मचारीहरुलाई बन्द-हडताल नगर्न चेतावनी दिँदै आएको थियो। विद्यालय शान्ति क्षेत्र भएकाले विद्यालयका शिक्षक कर्मचारी बन्द-हडतालमा उत्रिएको खण्डमा सेवाबाट बर्खास्त गर्ने चेतावनी यसअघि पनि दिइएको थियो।

Laxmi sunrise bank
kumari

प्रकाशित: Sep 20, 2023| 15:13 बुधबार, असोज ३, २०८०
प्रतिक्रिया दिनुहोस्