आइतबार, जेठ २४, २०८३

शिक्षकको प्रदर्शनले काठमाडौंको ट्राफिक अस्तव्यस्त

 |  बुधबार, असोज ३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असोज ३, २०८०

शिक्षकहरूको प्रदर्शनका कारण काठमाडौंको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ। शिक्षा विधेयकको विरोधमा देशभरबाट आएका शिक्षकले काठमाडौंमा प्रदर्शन गरेपछि ट्राफिक अस्तव्यस्त हुन पुगेको हो ।

National life

माइतीघरमा जम्मा भएका शिक्षकहरूको प्रदर्शन सिंहदरबार, थापाथली हुँदै संसद् भवन नयाँ बानेश्वरसम्म पुगेको छ। यसका कारण रत्नपार्कदेखि कोटेश्वरसम्मको सवारी आवतजावत खलबलिएको छ।

आन्दोलनका लागि देशभरबाट करिब एक लाख शिक्षक राजधानी भित्रिएको प्रारम्भिक अनुमान छ। अझै पनि शिक्षकहरु आउने क्रम जारी छ। एउटै मुद्दाको लागि पटकपटक आन्दोलन गर्नुपर्ने अवस्था अन्त्य गर्ने भन्दै देशभरका शिक्षक स्कुल बन्द गरेर राजधानीमा ओइरिएका हुन्।

शिक्षा विधेयकको मस्यौदामाथि नेपाल शिक्षक महासंघले दिएका सुझावहरूलाई समावेश नगरी संसद्‌मा पेस गरिएको भन्दै उनीहरू विरोधमा उत्रिएका हुन्।

प्रकाशित: Sep 20, 2023| 14:43 बुधबार, असोज ३, २०८०
प्रतिक्रिया दिनुहोस्