आइतबार, जेठ २४, २०८३

नारायणी नदीमा डुबेर एकै घरका दाजुभाइको मृत्यु

नारायणीमा पौडी खेल्ने गएका दुई दाजुभाइ ४ वर्षीय सविन र ९ वर्षीय संगमको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)ले जनाएको छ।
 |  बुधबार, असोज ३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असोज ३, २०८०
National life
Shivam cement

काठमाडौं– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को गैंडाकोट नगरपालिका–७ का सविन कुमाल र संगम कुमालको नारायणी नदीमा डुबेर मृत्यु भएको छ। नारायणी नदीमा डुबेर मृत्यु हुने दुई दाजुभाइ एकै घरका हुन्। 

सोमबार नारायणी नदीमा पौडी खेल्ने गएका दुई दाजुभाइ ४ वर्षीय सविन र ९ वर्षीय संगमको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)ले जनाएको छ।

नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका दुवै जनाको उद्धार गरी उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर लगिएकामा चिकित्सकले मृत घोषित गरेको प्रहरी नायब निरीक्षक वेदबहादुर पौडेलले बताए।

प्रकाशित: Sep 20, 2023| 12:53 बुधबार, असोज ३, २०८०
प्रतिक्रिया दिनुहोस्