आइतबार, जेठ २४, २०८३

टीकापुर हत्याकाण्डका थप तीन कैदीलाई आममाफी

 |  बुधबार, असोज ३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असोज ३, २०८०
National life
Shivam cement

टीकापुर हत्याकाण्डमा दोषी ठहर भएर जेल सजाय काटिरहेका तीन जना कैदीले बाँकी कैद माफी पाएका छन्। संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा उनीहरुलाई कैद माफी दिएका हुन्। 

टीकापुर नगरपालिका–४ ठाह्रापुरका वीरबहादुर चौधरी, जानकी गाउँपालिका–७ मोतीपुरका हरिनारायण चौधरी र जानकी–७ लट्कनियाका प्रदीप चौधरी आज रिहा हुने भएका छन्। उनीहरू टीकापुर घटना मुद्दामा ८ वर्षदेखि जेलमा थिए। 

एक बालक र प्रहरी अधिकारीहरुसहित ८ जनाको ज्यान गएको टीकापुर घटनाका मुख्य दोषी रेशम चौधरी पनि सरकारको निगाहमा कैद माफी पाएर रिहा भइसकेका छन्।

प्रकाशित: Sep 20, 2023| 10:12 बुधबार, असोज ३, २०८०
प्रतिक्रिया दिनुहोस्