आइतबार, जेठ २४, २०८३

द्रुत बस उद्घाटन आज, सेवा भोलिदेखि

द्रुत सेवाका बस रत्नपार्क र सूर्यविनायक दुवैतर्फबाट ५-५ मिनेटको फरकमा छुट्नेछन्। ती बस रातो रंगले पोतिएको लेनमा चल्नेछन्।
 |  बुधबार, असोज ३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असोज ३, २०८०

संविधान दिवसको अवसर पारेर काठमाडौं उपत्यकामा पहिलो पटक द्रुत बस सेवा सञ्चालनमा आउन लागेको छ। सूर्यविनायक-रत्नपार्क सडक खण्डमा चल्ने द्रुत बस सेवाको उद्घाटन आज बिहान ९ बजे हुनेछ।

National life

उद्घाटनको दिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, बागमती प्रदेशका यातायात मन्त्री लक्ष्मण लम्साल, काठमाडौं महानगरपालिका मेयर बालेन शाह, मध्यपुर थिमी, सूर्यविनायक नगरपालिकाका मेयर यात्रुको रुपमा चढ्ने कार्यक्रम छ।

यात्रुका लागि भने भोलि बिहीबारदेखि मात्रै द्रुत बस सेवा सञ्चालन हुने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ।

अरु सार्वजनिक बसलाई रत्नपार्क-सूर्यविनायक पुग्न डेढ घण्टासम्म समय लाग्ने गरेकोमा द्रुत बस सेवा ४५ मिनेटमै रत्नपार्कबाट सूर्यविनायक पुग्ने बताइएको छ। माइतीघर, कोटेश्वर, जडिबुटी जस्ता ट्राफिक जाम बढी हुने चोकहरुमा पनि द्रुत सेवाका बसहरु रोकिन नपर्ने गरी ट्राफिक प्रहरीले सहयोग गर्नेछन्। यो रुटमा अरु सार्वजनिक बसले जति भाडा लिन्छन्, द्रुत सेवाका बसमा पनि त्यति नै भाडा लाग्ने यातायात व्यवस्था विभागले बताएको छ।

यस्ता बसहरुले १९ स्थानमा यात्रु चढाउने तथा ओराल्नेछन्। द्रुत बस सेवाका लागि रत्नपार्क, भद्रकाली, माइतीघर, बबरमहल, नयाँ बानेश्वर, शान्तिनगर, तीनकुने, कोटेश्वर, जडीबुटी, लोकन्थली, कौशलटार, गठ्ठाघर, चारदोबाटो, ठिमी, सल्लाघारी, चुनदेवी, पाण्डुबजार र सूर्यविनायकमा स्थानमा यात्रु चढाउने र ओराल्ने काम हुनेछ। अरु बसजस्तो द्रुत सेवाका बसहरुले यात्रुहरु कुरेर बस्ने छैनन्।

Shivam cement

द्रुत सेवाका बस रत्नपार्क र सूर्यविनायक दुवैतर्फबाट ५-५ मिनेटको फरकमा छुट्नेछन्। ती बस रातो रंगले पोतिएको लेनमा चल्नेछन्। दैनिक बिहान ९ बजेदेखि ११ बजेसम्म र अपराह्न ४ बजेदेखि साँझ ६ बजेसम्म द्रुत बस सेवा सञ्चालन हुनेछन्।

प्रकाशित: Sep 20, 2023| 07:24 बुधबार, असोज ३, २०८०
प्रतिक्रिया दिनुहोस्