आइतबार, जेठ २४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • गणेश चतुर्थीको साइत पारेर नेपाली भूमिसहितको मुरल राखिएको संसद्‌ भवनमा सरे भारतीय सांसदहरु

गणेश चतुर्थीको साइत पारेर नेपाली भूमिसहितको मुरल राखिएको संसद्‌ भवनमा सरे भारतीय सांसदहरु

 |  मंगलबार, असोज २, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २, २०८०

नयाँ दिल्ली- गणेश चतुर्थीको शुभसाइत पारेर औपनिवेशिक युगको संसद्‌बाट भारतीय सांसदहरू नेपाली भूमिसहितको मुरल राखिएको नयाँ संसद् भवनमा सरेका छन्। पुरानो संसद् भवन अघिल्लो शताब्दीमा बेलायती शासकले निर्माण गरेका हुन्। 

National life

बेलायती शासनकालमा बनाइएका भवन छाडेर उनीहरू त्रिभुजाकार नयाँ भवनमा सरेका हुन्। नयाँ संसद् भवनमा आठ सय जनप्रतिनिधि सहजै बस्नसक्नेछ। उक्त भवनको गत महिना प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्नुभएको थियो। विपक्षी दलका सांसदले उक्त समारोह वहिष्कार गरेका थिए।  

सभामुखले आजका लागि संसद्को विशेष बैठक आह्वान गरेका थिए। यसै मेसोमा  नयाँ भवनमा विधायकहरू स्थानान्तरण भएका हुन्। आज भएको तल्लो सदनको बैठकमा सांसदहरूमा महिला प्रतिनिधित्वको ३३ प्रतिशत ‘कोटा’ राख्ने विधेयक पेश गरिएको थियो। 

उक्त संसद् भवनमा नेपाली भूमि लुम्बिनी समेटिएको मुरल राखिएको छ। उक्त मुरलप्रति नेपालमा चर्को आलोचना भए पनि भारतीय विदेश मन्त्रालयले नेपालले बुझिसकेको भन्दै पन्छिएको थियो। यसबारे नेपाल सरकारले भने कुनै औपचारिक विरोध जनाएको छैन। 

जसका कारण अहिलेको सरकार भारतको पक्षधर रहेको र राष्ट्रिय हितलाई जोगाउन नसकेको आरोप लागिरहेको छ। 

Shivam cement

प्रकाशित: Sep 19, 2023| 18:55 मंगलबार, असोज २, २०८०
प्रतिक्रिया दिनुहोस्