शनिबार, असार १४, २०८२

काँकडभिट्टा नाकाबाट भारत लैजाँदै गरेका तीन बालकको उद्धार

अपरिचित व्यक्तिले ललाइफकाइ भारत लैजाँदै गरेका ती बालकलाई भारतीय एसएसबीले सीमा नाकाबाटै उद्धार गरी नेपालको सशस्त्र प्रहरीलाई जिम्मा लगाएको हो।
 |  मंगलबार, असोज २, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २, २०८०

vianetvianet

काठमाडौं– झापाको काँकडभिट्टा नाकाबाट भारत लैजान लागिएका तीन बालकको उद्धार गरिएको छ। अपरिचित व्यक्तिले ललाइफकाइ भारत लैजाँदै गरेका ती बालकलाई भारतीय एसएसबीले सीमा नाकाबाटै उद्धार गरी नेपालको सशस्त्र प्रहरीलाई जिम्मा लगाएको हो।

मेचीनगर नगरपालिका–१० स्थित धुलाबारी पाथीभरा टोलका १५ वर्षीय विशाल दनुवार, सोही ठाउँका १२ वर्षीय युवराज तामाङ र १२ वर्षीय सूर्य चौधरीलाई उद्धार गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका डिएसपी दिनेश कटुवालले बताए।

तीन बालकलाई भारत लगिरहेको सूचना पाएलगत्तै सशस्त्र प्रहरीको प्रस्तावित सीमा सुरक्षा गुल्म काँकडभिट्टाको टोलीले एसएसबीसँग समन्वय गरेको थियो। बालकलाई अभिभावकको जिम्मा लगाउने तयारी भइरहेको छ।

प्रकाशित: Sep 19, 2023| 16:55 मंगलबार, असोज २, २०८०
प्रतिक्रिया दिनुहोस्