आइतबार, जेठ २४, २०८३

सामान्य विवादमा एसिड हान्दा दुई जना घाइते

सुन पसल सञ्चालक विकले दिपेश क्षेत्री र डम्बरबहादुर पुलामीमाथि सामान्य विवादमा एसिड प्रहार गरेका हुन्।
 |  मंगलबार, असोज २, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २, २०८०
National life
Shivam cement

काठमाडौं– धादिङको गजुरी गाउँपालिका–२ मलेखुमा सञ्चालित भद्रकाली सुनचाँदी पसल सञ्चालक प्रवीण विकले सामान्य विवादमा एसिड प्रहार गरेर दुई जनालाई घाइते बनाएका छन्।

दुई जनासँग गफिरहेका बेला सामान्य विवाद भएपछि विकले १८ वर्षीय दिपेश क्षेत्री र ६३ वर्षीय डम्बरबहादुर पुलामीमाथि एसिड प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गौतम मिश्रले बताए। उनका अनुसार एसिड प्रहारबाट दुवै जना घाइते भएका छन्।

एसिड प्रहारबाट दिपेशको शरीरका विभिन्न भाग  तथा डम्बरबहादुरको अनुहारमा क्षति पुगेको छ। घाइतेको मलेखु टिचिङ अस्पतालमा उपचार भइरहेको र एसिड प्रहार गर्ने विकलाई नियन्त्रणमा लिइएको एसपी मिश्रको भनाइ छ।

प्रकाशित: Sep 19, 2023| 16:19 मंगलबार, असोज २, २०८०
प्रतिक्रिया दिनुहोस्