आइतबार, जेठ २४, २०८३

सुनको सिक्री लुट्ने गिरोह समातियो

 |  मंगलबार, असोज २, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २, २०८०
National life
Shivam cement

काठमाडौंको सडकमा हिँडिरहेकी महिलाको घाँटीबाट सुनको सिक्री लुट्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ। गत भदौ २५ गते कुलेश्वर आवास क्षेत्रमा सडक किनारबाट पैदल हिँडिरहेकी काभ्रे घर भएकी अप्सरा श्रेष्ठको घाँटीमा लगाएको दुई तोलाको सुन लुटिएको थियो।

यसबारे अनुसन्धान गर्दा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले समूहका चार जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा बागबजार घर भएका ४४ वर्षीय सुरज गुरुङ, मोटरसाइकल पछाडि बसेर सिक्री तान्ने पर्सा घर भएका ४८ वर्षीय अनवर हुसन अन्सारी, सुन बिक्रीमा सहयोग गर्ने भारतको पश्चिम बंगाल भएका ४७ वर्षीय शक्ति भौमिक र सुन किन्ने भारतकै महाराष्ट्रका बासिन्दा ३० वर्षीय सचिन गाड्वे छन्।

उनीहरूलाई असोज १ गते काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको हो। उनीहरूलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त कालिमाटी पठाइएको छ।

प्रकाशित: Sep 19, 2023| 14:53 मंगलबार, असोज २, २०८०
प्रतिक्रिया दिनुहोस्