आइतबार, जेठ २४, २०८३

जुवाखालबाट पक्राउ परे १० जना जुवाडे

प्रहरीले इचानोस्थित रत्न शाक्यको घरमा सञ्चालित जुवाखालमा छापा मारेर जुवाडेलाई पक्राउ गरेको हो।
 |  मंगलबार, असोज २, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २, २०८०
National life
Shivam cement

काठमाडौं– प्रहरीले भक्तपुरको भक्तपुर नगरपालिका–७ स्थित इचानोबाट १० जना जुवाडेलाई पक्राउ गरेको छ। प्रहरीले इचानोस्थित रत्न शाक्यको घरमा सञ्चालित जुवाखालमा छापा मारेर जुवाडेलाई पक्राउ गरेको हो।

जुवाखालबाट प्रहरीले ७३ हजार ७ सय नगद बरामद गरेको छ। जुवा खालबाट पक्राउ पर्नेहरू सबै भारतीय नागरिक रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी वसन्त पाठकले बताए ।

पक्राउ पर्नेमा भारत घर भएका देव परमणि, कमल शेख, देव चुत, पूर्ण ब्रतदले, मनजित माकी, सुशील दलै, दिवस हजारा, चन्दन कुदेल, सोरोजित मैती र अनुप दोलही छन् । पक्राउ परेकाविरुद्ध जुवा ऐन मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Sep 19, 2023| 13:46 मंगलबार, असोज २, २०८०
प्रतिक्रिया दिनुहोस्