शनिबार, असार १४, २०८२

विभिन्न स्थानमा ६ जना मृत फेला

 |  मंगलबार, असोज २, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २, २०८०

vianetvianet

सुनसरी, बराहक्षेत्र नगरपालिका-९ कौवाटोलीस्थित कोशी नदीमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ५५ वर्षीया महिला सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।

काठमाडौं महानगरपालिका-१६ कालधारास्थित सडक पेटीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३२ वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् ।

रामेछाप, खाँडादेवी गाउँपालिका-१ खैरेनी पुलस्थित सुनकोशी नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५२ वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् ।

रूपन्देही, सैनामैना नगरपालिका-७ हरियाली टोलस्थित बाटो छेउमा सोही ठाउँ बस्ने ५० वर्षीय पल्टु थारू सोमबार मृत अवस्थामा फेला परेका छन् । साथै सोही
नगरपालिका-७ शिखर पथस्थित बाटो छेउमा सोही ठाउँ बस्ने ४२ वर्षीय नाथु थारु सोमबार मृत अवस्थामा फेला परेका छन् ।

चितवन, भरतपुर महानगरपालिका-१ पोखरा बसपार्कको चौतारामा सोही महानगरपालिका-११ भोजाड बस्ने ६५ वर्षीय यम बहादुर सिलवाल सोमबार मृत
अवस्थामा फेला परेका छन् ।

सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित: Sep 19, 2023| 13:27 मंगलबार, असोज २, २०८०
प्रतिक्रिया दिनुहोस्